default_image

1 year ago

September 28, 2022

गण्डकी सुदूरपश्चिम राजधानी कपको सेमिफाइनलमा

कैलाली (हाम्रो खेलकुद) – गण्डकी प्रदेश कैलालीको धनगढीमा जारी सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाईनलमा पुगेको छ । सुदुरपश्चिम प्रदेशलाई सडनडेथमा हराउँदै गण्डकी अन्तिम चारमा पुगेको हो । हिजो भएको खेल २–२ को बराबरी भएपछि पेनाल्टी भएको थियो । रात परेपछि आधामै पेनाल्टी रोकिएको थियो । आज भएको सडनडेथमा गण्डकी प्रदेशले सुदुरपश्चिम निलोलाई १४–१३ […]

138 views

0 Bookmark

कैलाली (हाम्रो खेलकुद) – गण्डकी प्रदेश कैलालीको धनगढीमा जारी सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाईनलमा पुगेको छ ।

सुदुरपश्चिम प्रदेशलाई सडनडेथमा हराउँदै गण्डकी अन्तिम चारमा पुगेको हो । हिजो भएको खेल २–२ को बराबरी भएपछि पेनाल्टी भएको थियो । रात परेपछि आधामै पेनाल्टी रोकिएको थियो । आज भएको सडनडेथमा गण्डकी प्रदेशले सुदुरपश्चिम निलोलाई १४–१३ ले हराएको हो ।

प्रतियोगितामा बागमति र प्रदेश नम्बर १ ले सहभागीता जनाउन नसक्ने भएपछि कर्णाली प्रदेश सिंधै फाईनल पुगेको छ । प्रतियोगिता अन्तर्गत अब एक मात्रै सेमिफाईनल हुनेछ । भोली हुने सेमिफाईनलमा लुम्बिनी प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

पिएफए स्पोर्टस् क्लब अत्तरियाको आयोजनामा भईरहेको प्रतियोगिता असोज १५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले उपाधि सहित ५ लाख र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगीताको सर्वोत्कृष्ट खेलाडीले २० र विधागत उत्कृष्ट हुने खेलाडीले समान १० हजार रुपैयाँ पाउनेछन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.