default_image

2 years ago

September 30, 2022

स्कोलानी अर्जेन्टिनाकै प्रशिक्षक रहने

एजेन्सी – अर्जेन्टिनी लियोनेल स्कोलानी क्यानडा, अमेरिका र मेक्सिकोमा हुने सन् २०२६ को विश्वकपसम्म अर्जेन्टिनाको मुख्य प्रशिक्षक रहने भएका छन् । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जमैकालाई ३–० ले पराजित गरेपछि अर्जेन्टिन फुटबल संघ (एएफए) ले स्कालोनीसँगको सम्झौता थप चार वर्षको लागि नविकरण गरेको छ । अब अर्जेन्टिना थप चार वर्ष स्कोलानीकै प्रशिक्षणमा रहनेछ । सन् २०१८ […]

131 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी लियोनेल स्कोलानी क्यानडा, अमेरिका र मेक्सिकोमा हुने सन् २०२६ को विश्वकपसम्म अर्जेन्टिनाको मुख्य प्रशिक्षक रहने भएका छन् ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जमैकालाई ३–० ले पराजित गरेपछि अर्जेन्टिन फुटबल संघ (एएफए) ले स्कालोनीसँगको सम्झौता थप चार वर्षको लागि नविकरण गरेको छ । अब अर्जेन्टिना थप चार वर्ष स्कोलानीकै प्रशिक्षणमा रहनेछ ।

सन् २०१८ मा रुसमा भएको विश्वकपमा प्रि–क्वाटरफाइनलमा फ्रान्ससँग पराजित भएपछि जर्ज साम्पाओलीलाई प्रतिस्थापन गर्दै स्कालोनीले अर्जेन्टिनाको मुख्य प्रशिक्षक बनेका थिए । एएफएका अध्यक्ष चिक्की टापियाले प्रशिक्षक स्कालोनीसँगको सम्झौता नविकरण पुष्टि गरेका छन् ।

‘म तपाईलाई यो कुरा सुनाउन पाउँदा गर्व महसुस गर्छु कि हामीले २०२६ को विश्वकपसम्म अर्जेन्टिनाको प्रशिक्षकको रुपमा स्कोलानीलाई निरन्तरता दिने कुरामा सहमत भएका छौं । हामी राष्ट्रिय टोलीको विस्तृत परियोजनामा प्रतिबद्ध छौं ।’ तापियाले भने । अध्यक्ष तापियाले सामाजिक सन्जालमा स्कोलानीसँगको तस्विर शेयर गरेका छन् । तस्विरमा दुवै जना मुस्कुराएका छन् ।

दुई महिनाभित्रै कतारमा हुने विश्वकपमा अर्जेन्टिनालाई च्याम्पियन बनाउने चुनौती स्कोलानीसँग छ । तर, एएफएले कतार विश्वकप अघि नै उनीमाथि विश्वास देखाउँदै सन् २०२६ सम्मको लागि सम्झौता नविकरण गरेको छ ।

जमैकामाथिको जितसँगै स्कोलानीले पनि अर्जेन्टिनाकै प्रशिक्षकको रुपमा निरन्तरता दिन इच्छा व्यक्त गरेका थिए । ‘म राष्ट्रिय टोलीमा रहिरहन चहान्छु । मेरो अध्यक्ष तापियासँग राम्रो सम्वन्ध छ । हामीले भेट्यौं । हामी लयमा छौं ।’ ४४ वर्षीय स्कोलानीले भने ।

लियोनेल मेस्सी, पाउलो डिबाला र लोउटारो मार्टिनेजजस्ता फरवार्डहरु पछिल्लो महिना लयमा रहँदा अर्जेन्टिनालाई कतार विश्वकपमा दावेदार टोलीको रुपमा हेरिएको छ ।

२०१७–१८ मा सहायक प्रशिक्षक र २०१८ मा अन्तरिम प्रशिक्षक हुँदै अर्जेन्टिनाको मुख्य प्रशिक्षक बनेका स्कोलानीको प्रशिक्षणमा अर्जेन्टिनाले ४९ खेल खेल्दा ३३ जित, १२ बराबरी र ४ हारको नतिजा निकालेको छ ।

स्कोलानीकै प्रशिक्षणमा अर्जेन्टिनाले गत वर्ष कोपा अमेरिका कप र फाइनालिसिमाको उपाधि जितेको थियो ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.