default_image

2 years ago

October 2, 2022

दुई ह्याट्रिकमा म्यानचेस्टर सिटीको जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर डर्वीमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । घरेलु मैदान इतिहाद स्टेडियममा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडमाथि ६–३ को सानदार जित निकालेको हो । सिटीको जितमा एर्लिङ ब्राउट हालान्ड र फिल फोडेनले ह्याट्रिक पूरा गरे । युनाइटेडका एन्थोनी मार्सियले दुई तथा एन्टोनीले एक गोल गरे । गोलको वर्षा भएको खेलको […]

176 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर डर्वीमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । घरेलु मैदान इतिहाद स्टेडियममा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडमाथि ६–३ को सानदार जित निकालेको हो ।

सिटीको जितमा एर्लिङ ब्राउट हालान्ड र फिल फोडेनले ह्याट्रिक पूरा गरे । युनाइटेडका एन्थोनी मार्सियले दुई तथा एन्टोनीले एक गोल गरे ।

गोलको वर्षा भएको खेलको आठौं मिनेटमा फिल फोडेनको गोलबाट सिटीले सुरुवाती अग्रता लिएको थियो । उनले बर्नाडो सिल्भाको पासमा गोल गरे । ३४औं मिनेटमा हालान्डले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । उनले केभिन डि ब्रुएनाको पासमा गोल गर्न सफल भएका थिए ।

३७औं मिनेटमा हालान्डले केभिन डि ब्रुएनाको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै सिटीलाई ३–० ले अघि बढाए । ४४औं मिनेटमा फिल फोडेनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि सिटी पहिलो हाफमा ४–० ले अघि बढ्यो ।

५६औं मिनेटमा एन्टोनीले गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याए । उनले क्रिस्टियन एरिक्सनको पासमा गोल गर्न सफल भएका थिए । ६४औं मिनेटमा हालान्डले ह्याट्रिक पूरा गरेपछि सिटी खेलमा ५–१ ले अघि बढ्यो । उनले सर्जियो गोमेजको पासमा गोल गर्न सफल भएका थिए ।

७३औं मिनेटमा फिल फोडेनले हालान्डको पासमा गोल गरेपछि सिटी खेलमा ६–१ को आरामदायी स्थितिमा अघि बढ्यो । त्यसपछि एन्थोनी मार्सियलले दुई गोल गरेपनि युनाइटेडको हार टार्न सकेन ।

८४औ मिनेटमा मार्सियालले गोल गर्दै खेलाई ६–२ को स्थितिमा ल्याए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा मार्सियलले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई ६–३ को स्थितिमा ल्याएपनि थप गोल निस्कन नसक्दा सिटी विजयी हुन सफल भयो ।

यस जितसँगै सिटी ८ खेलबाट २० अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । सिटी शीर्षस्थानको आर्सनलसँग १ अंकले पछि छ । पराजित युनाइटेड ७ खेलबाट १२ अंक जोडेर छैटौं स्थानमा यथावत रहेको छ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.