default_image

1 year ago

October 3, 2022

बेन्जेमा चुक्दा रियल म्याड्रिड रोकियो

एजेन्सी – खेलको अन्तिम समयमा कप्तान बेन्जेमा पेनाल्टीमा चुक्दा रियल म्याड्रिड स्पेनिस ला लिगामा बराबरीमा रोकिएको छ । रियल घरेलु मैदानमा ओसासुनासँग १–१ गोलको बराबरीमा रोकिएको हो । सान्टियोगो बर्नबेउमा आइतबार राति भएको खेलमा घरेलु टोलीका भिनिसियस जुनियरले गोल गर्दा ओसासुनाका किकेले बराबरी गोल फर्काए । घरेलु मैदानमा पाहुना टोलीविरुद्ध बल पोसेसन राख्दै दवाव बढाएपनि […]

249 views

0 Bookmark

एजेन्सी – खेलको अन्तिम समयमा कप्तान बेन्जेमा पेनाल्टीमा चुक्दा रियल म्याड्रिड स्पेनिस ला लिगामा बराबरीमा रोकिएको छ । रियल घरेलु मैदानमा ओसासुनासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

सान्टियोगो बर्नबेउमा आइतबार राति भएको खेलमा घरेलु टोलीका भिनिसियस जुनियरले गोल गर्दा ओसासुनाका किकेले बराबरी गोल फर्काए ।

घरेलु मैदानमा पाहुना टोलीविरुद्ध बल पोसेसन राख्दै दवाव बढाएपनि रियलले गोलको लागि पहिलो हाफको अन्तिम समय कुर्नुपरेको थियो । ४२औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । उनले डेभिड अलाबाको पासमा गोल गर्न सफल भएका थिए ।

दोस्रो हाफको शुरुमै ओसासुनाले बराबरी गोल फर्काउन सफल भयो । किकेले युनाई गार्सियाको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

७८औं मिनेटमा ओसासुना १० खेलाडीमा समेटिन पुग्यो । करिम बेन्जेमालाई फउल गरेपछि डेभिड गार्सिया सिधैं रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । त्यसमै प्राप्त पेनाल्टीमा बेन्जेमा चुक्दा रियल अग्रता र जितबाट वञ्चित हुन पुग्यो ।

यस बराबरीसँगै रियलले शीर्षस्थानमा उक्लने अवसर गुमाएको छ । समान १९ अंक नै रहेपनि रियल गोल अन्तरमा बार्सिलोनासँग पछि परेको छ ।

यो बराबरीसँगै रियल ला लिगामा अपराजित रहन सफल भएपनि रियलको लगातार जितको यात्रा टुंगिएको छ । रियलले यसअघिको सबै ६ खेलमा जित निकाल्दै सानदार सुरुवात गरेको थियो ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.