default_image

2 years ago

October 4, 2022

बार्सिलोना ८ सय ३६ दिनपछि शीर्षस्थानमा

एजेन्सी – क्याटलान क्लब बार्सिलोना लामो समयको प्रतीक्षा र मिहिनेतपछि अन्तत: स्पेनिस ला लिगाको शीर्षस्थानमा पुगेको छ । साविक विजेता रियल म्याड्रिडसँग बराबर अंकमा भएपनि बार्सिलोना गोल अन्तरको आधारमा शीर्षस्थानमा रहेको हो । दुवै रियल म्याड्रिड र बार्सिलोनाको १९ अंक रहेको छ । यसपटक ट्रान्सफर बजारमा खुलेर खर्च गरेको बार्सिलोनाले आक्रमणलाई बलियो बनाएको थियो । […]

170 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोना लामो समयको प्रतीक्षा र मिहिनेतपछि अन्तत: स्पेनिस ला लिगाको शीर्षस्थानमा पुगेको छ । साविक विजेता रियल म्याड्रिडसँग बराबर अंकमा भएपनि बार्सिलोना गोल अन्तरको आधारमा शीर्षस्थानमा रहेको हो ।

दुवै रियल म्याड्रिड र बार्सिलोनाको १९ अंक रहेको छ । यसपटक ट्रान्सफर बजारमा खुलेर खर्च गरेको बार्सिलोनाले आक्रमणलाई बलियो बनाएको थियो । त्यसैको फलस्वरूप टोलीले +१८ को गोलअन्तर बनाएको छ । रियल म्याड्रिडले भने +११ गोल अन्तरसहित दोस्रो स्थानमा छ ।

बार्सिलोना ८ सय ३६ दिन अर्थात २ वर्ष, ३ महिना र १३ दिनपछि लिगको अंक तालिकाको शीर्षस्थानमा उक्लिएको हो । पछिल्लो पटक बार्सिलोना शीर्षस्थानमा रहँदा टोलीको प्रशिक्षक किके सेटिएन रहेका थिए । सन् २०१९/२० सिजनको २९ औं खेलपछि टोली शीर्षस्थानमा थियो ।

प्रशिक्षक रोनाल्ड कोम्यान नेतृत्वमा रहँदा बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा उक्लन सकेन । डच प्रशिक्षकको प्रस्थानपछि भने क्लब पूर्व खेलाडी जाभी हर्नान्डेजलाई अनुबन्ध गर्यो । त्यसयता भने टोलीले निरन्तर राम्रो प्रदर्शन गरिरहेको छ ।

रियल र बार्सिलोना अबको दुई सातामा एल क्लासिकोमा आमने सामने हुँदैछन् । यस्तोमा अर्को साता रियल गेटाफेको घरमा जाँदैछ । सेल्टा भिगोले क्याम्प नोउमा बार्सिलोनासँग खेल्नेछ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.