default_image

2 years ago

October 5, 2022

लिभरपुलले रेन्जर्सलाई हरायो

एजेन्सी – युइएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब लिभरपुलले स्कटिस क्लब रेन्जर्समाथि सहज जित निकालेको छ । घरेलु मैदानमा लिभरपुलले रेन्जर्सलाई २–० ले पराजित गरेको हो । लिभरपुलको जितमा ट्रेन्ट एलेक्सान्डर आर्नाेल्ड र मोहम्मद सलाहले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो । एनफिल्डमा मंगलबार राति भएको खेलको सातौं मिनेटमा ट्रेन्ट […]

144 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब लिभरपुलले स्कटिस क्लब रेन्जर्समाथि सहज जित निकालेको छ । घरेलु मैदानमा लिभरपुलले रेन्जर्सलाई २–० ले पराजित गरेको हो ।

लिभरपुलको जितमा ट्रेन्ट एलेक्सान्डर आर्नाेल्ड र मोहम्मद सलाहले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो ।

एनफिल्डमा मंगलबार राति भएको खेलको सातौं मिनेटमा ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डले फ्रिकिकमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । त्यसपछि ५२औं मिनेटमा मोहम्मद सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई सहज जित दिलाए ।

यही समूह ‘ए’ को अर्काे खेलमा इटालियन क्लब नेपोलीले डच क्लब आयाक्समाथि ६–१ को पूनरागमन जित निकालेको छ ।

नेपोलीको जितमा जियाकोमो रास्पडोरीले दुई तथा जियोभानी डि लोरेन्जो, पिओटर जिलेन्स्की, भिचा केभारतस्केलिया र जियोभानी सिमिओनले समान एक गोल गरे । आयाक्सका मोहम्मेद कुडुसले एक गोल फर्काए ।

घरेलु टोली आयाक्स ७३औं मिनेटमा १० खेलाडीमा समेटिन पुग्यो । डुसान टाडिक दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

यस नतिजासँगै नेपोली ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । लिभरपुल ६ अंक जोडेर दोस्रो स्थानमा रहँदा आयाक्स ३ अंक जोडेर तेस्रो तथा रेन्जर्स अंकविहीन हुँदै पुछारमा छ ।

अन्य नतिजा
बायर्न
विरुद्ध भिक्टोरिया प्लेजेन (–०), मार्सेविरुद्ध स्पोर्टिङ सिपी (–१), क्लब ब्रुगविरुद्ध एट्लेटिको म्याड्रिड (–०), फ्रान्कफुर्टविरुद्ध टोटेनहम (०–०), एफसी पोर्टाेविरुद्ध लिभरकुसन (–०), इन्टरविरुद्ध बार्सिलोना (–०) र लिभरपुलविरुद्ध रेन्जर्स (–०)

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.