default_image

2 years ago

October 6, 2022

रियलको लगातार तेस्रो जित

एजेन्सी– रियल म्याड्रिडले च्याम्पियन्स लिगमा लगातार तेस्रो जित निकालेको छ । घरेलु मैदानमा गएराती भएको खेलमा साख्तार डोनेस्कलाई २–१ ले हराउँदै रियलले ३ खेलमा शतप्रतिशत नतिजा निकालेको हो । रोड्रिगो र भिनिसियस जुनियरले पहिलो हाफमै गरेको गोलको अग्रतालाई जोगाउँदै साविक विजेता रियलले समूह एफमा सफल नतिजा निकालेको हो । ३६ वटा आक्रमण गरेपनि रियल २ […]

81 views

0 Bookmark

एजेन्सी– रियल म्याड्रिडले च्याम्पियन्स लिगमा लगातार तेस्रो जित निकालेको छ । घरेलु मैदानमा गएराती भएको खेलमा साख्तार डोनेस्कलाई २–१ ले हराउँदै रियलले ३ खेलमा शतप्रतिशत नतिजा निकालेको हो ।

रोड्रिगो र भिनिसियस जुनियरले पहिलो हाफमै गरेको गोलको अग्रतालाई जोगाउँदै साविक विजेता रियलले समूह एफमा सफल नतिजा निकालेको हो । ३६ वटा आक्रमण गरेपनि रियल २ गोल मात्र गर्न सफल भएको थियो ।

साख्तारका गोलकिपर एनाटोली ट्रुबिनको उच्च प्रदर्शनका कारण रियल थप गोल गर्न भने असफल भएको थियो । पहिलो हाफमै ओलेसान्द्र जुब्कोभकोले गोल फर्काउदै रियलसँगको गोलअन्तरलाई घटाएका थिए ।

यो जितसँगै कार्लो एन्सेलोटीको टोलीले समूहमा ५ अंकको अग्रता बनाएको छ । रोड्रिगोले १३ औं झण्डै २० यार्डबाट गोल गरेका थिए । उनकै पासमा भिनिसियले २८ औं मिनेटमा टोलीका लागि दोस्रो गोल गरेका थिए । करिम बेन्जेमासँग वान टु वान खेल्दै रोड्रिगोले पास निकालेका थिए ।

रियलले तेस्रो गोलका बेन्जेमा, फेड्रिको भाल्भार्डे र भिनिसियसले पहार गरेपनि विपक्षी गोलकिपर ट्रुबिनले सफल हुन दिएनन् । बोडान मेखालियचेन्कोको सटिक क्रसमा जुब्कोभले पहिलो हाफमै गोल फर्काउका थिए । दोस्रो हाफको सुरुवातमै साख्तारले बराबरी गोलको अवसर खेर फालेको थियो ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.