default_image

2 years ago

October 6, 2022

मेस्सीको कीर्तिमानमा पिएसजीको बराबरी

एजेन्सी – लियोनल मेस्सीले च्याम्पियन्स लिगमा अर्को कीर्तिमान बनाएपनि पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई च्याम्पियन्स लिग खेलमा जितका लागि पर्याप्त रहेन । पिएसजी बुधबार राती बेन्फिकासँग १–१ को बराबरीमा रोकिएको छ । नेयमार र केलियन एमबाप्पेले चखालीपूर्ण प्रदर्शन गर्दै निकालेको पासमा मेस्सीले २२ औं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । त्योसँगै च्याम्पियन्स लिगमा […]

111 views

0 Bookmark

एजेन्सी – लियोनल मेस्सीले च्याम्पियन्स लिगमा अर्को कीर्तिमान बनाएपनि पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई च्याम्पियन्स लिग खेलमा जितका लागि पर्याप्त रहेन । पिएसजी बुधबार राती बेन्फिकासँग १–१ को बराबरीमा रोकिएको छ ।

नेयमार र केलियन एमबाप्पेले चखालीपूर्ण प्रदर्शन गर्दै निकालेको पासमा मेस्सीले २२ औं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । त्योसँगै च्याम्पियन्स लिगमा ४० टोलीविरुद्ध गोल गर्ने मेस्सी पहिलो खेलाडी बनेका छन् । डानिलो पिरिराले ४१ औं मिनेटमा आत्मघाती गोल गर्दा खेलमा १–१ बराबरी भएको थियो ।

पिएसजीले दोस्रो हाफमा पुनः अग्रता बनाउने मौका पाएको थियो । तर, च्याम्पियन्स लिगमा लगातार तेस्रो जित निकाल्ने चौथो प्रशिक्षक बन्नबाट क्रिस्टिोपे गाल्टियर चुकेका छन् । बराबरीका बाबजुद गोलअन्तरका आधारमा पिएसजी शीर्षस्थानमा रहेको छ ।

पिएसजी र दोस्रो स्थानको बेन्फिकाको सामन ७ अंक छ । तेस्रो स्थानको युभेन्ट्सको ३ अंक छ । पहिलो हाफको ठिक अगाडि नेयमारको आक्रमण खेर गएको थियो । त्यसपछि नेयमारर हाकिमीको प्रहारलाई बेन्फिकाका गोलकिपरले रोकेका थिए ।

पिएसजीमा आफ्नो दोस्रो सिजनमा मेस्सीले दमदार सुरुवात गरेका छन् । आफूले गोल गर्ने मात्र होइन महत्वपूर्ण पास र क्रस गर्दै आएका छन् । एमबाप्पे बेन्फिकाविरुद्ध लयमा नदेखिएपनि मेस्सीको गोलका लागि भने भूमिका निभाएका थिए । उनले एउटा आक्रमण गरेका थिए ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.