default_image

2 years ago

October 6, 2022

चेल्सीलाई पहिलो सफलता

एजेन्सी – चेल्सीले च्याम्पियन्स लिगमा पहिलो जित दर्ता गरेको छ । प्रिमियर लिग टोलीले बुधबार इटालियन सिरी क्लब एसी मिलानलाई ३–० ले हराएको छ । यसअघि दुई मध्ये एक खेलमा बराबरी गरेको चेल्सीले अर्को खेलमा हार बेहोरेको थियो । चेल्सीको जितमा फोफाना, इमरिक ओबामयाङ र रिस जेम्सले ले गोल गरेका थिए । सेप्टेम्बरमा लेस्टर सिटीबाट […]

81 views

0 Bookmark

एजेन्सी – चेल्सीले च्याम्पियन्स लिगमा पहिलो जित दर्ता गरेको छ । प्रिमियर लिग टोलीले बुधबार इटालियन सिरी क्लब एसी मिलानलाई ३–० ले हराएको छ । यसअघि दुई मध्ये एक खेलमा बराबरी गरेको चेल्सीले अर्को खेलमा हार बेहोरेको थियो ।

चेल्सीको जितमा फोफाना, इमरिक ओबामयाङ र रिस जेम्सले ले गोल गरेका थिए । सेप्टेम्बरमा लेस्टर सिटीबाट चेल्सी पुगेका फोफानाले पहिलो गोल गरेका थिए । उनले २४ औं मिनेटमा गोल गरेका हुन् । थप दुई गोल दोस्रो हाफमा भएको थियो । ओबामयाङले ५६ औं मिनेटमा र त्यसको ५ मिनेटपछि जेम्सले गोल गरेका थिए ।

समूहमा ३ खेलमा चेल्सीको ४ अंक पुगेको छ । टोली अंक तालिकाको दोस्रो स्थानमा छ । शीर्षस्थानको एफसी साल्बर्गको ५ अंक छ । तेस्रो स्थानको मिलानको पनि ४ अंक छ भने पुछारको डिनोमो जागरेभको ३ अंक छ ।

समूह इको अर्को खेलमा पहिलो जित निकाल्ने क्रममा साल्जबर्गले जागरेभलाई १–० ले हराएको थियो । प्रिमियर लिगको अर्को टोली म्यानचेस्टर सिटीले कोपनहेगनमाथि ५–० को शानदार जित निकालेको थियो ।

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

Success

Thank you for your time.