default_image

2 years ago

October 6, 2022

नेपालको फिफा वरियतामा सुधार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फिफा वरियता सुधार भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार जारी गरेको नयाँ वरियतामा नेपालको वरियता एक स्थानले सुधार भएको हो । नयाँ वरियता अनुसार नेपाल १ सय ७५ औं स्थानमा रहेको छ । यसअघि अगष्टमा भएको वरियतामा नेपाल १ सय ७६ औं स्थानमा […]

177 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फिफा वरियता सुधार भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार जारी गरेको नयाँ वरियतामा नेपालको वरियता एक स्थानले सुधार भएको हो ।

नयाँ वरियता अनुसार नेपाल १ सय ७५ औं स्थानमा रहेको छ । यसअघि अगष्टमा भएको वरियतामा नेपाल १ सय ७६ औं स्थानमा थियो । यसबीचमा भएको एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली टोली सफलता मिलेको थियो । दशरथ रंगशलामा असोज ११ गते भएको मैत्रीपूर्ण खेलमा नेपालले अन्जन विष्टको ह्याट्रिकमा बंगलादेशलाई ३–१ हराएको थियो ।

दक्षिण एसियाली राष्ट्रमा भारत अगाडि रहेको छ । दुई स्थानले पछि परेको भारतको नयाँ वरियता एक सय छैटौं स्थानमा छ । नेपाल भन्दा अघि रहेको माल्दिभ्सको फिफा वरियता १ सय ५४ औं स्थानमा रहेको छ । नेपाल भन्दा पछि रहेका भुटान १ सय ८५ औं, बंगलादेश १ सय ९२ औं, पाकिस्तान १ सय ९८ औं र श्रीलंका २ सय सातौं स्थानमा रहेको छ ।

फिफा वरियताको शीर्षस्थानमा ब्राजिल, दोस्रो स्थानमा बेल्जियम, तेस्रोमा अर्जेन्टिना, चौथोमा फ्रान्स र पाँचौं स्थानमा इग्ल्यान्ड रहेको छ । त्यस्तै इटाली छैटौं, स्पेन सातौं, नेदरल्यान्ड्स आठौं, पोर्चुगल नवौं, डेनमार्क दशौं स्थानमा रहेको छ । जर्मनी ११ औं स्थानमा छ ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.