default_image

2 years ago

October 10, 2022

नेपाली टोली २४ घण्टा एअरपोर्टमै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय यू-१७ पुरुष फुटबल टोली एएफसी यू-१७ एसियन कप २०२३ को छनोट चरणमा सहभागिता जनाएपछि स्वदेश फर्कदैछ । भिएतनामबाट सोमबार प्रस्थान गरेको टोली २४ घण्टा मलेसियाको कुआलालुम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा २४ घण्टा ट्रान्जिटमा बसेर मंगलबार रातमा मात्र नेपाल आइपुग्ने भएको छ । भिएतनामबाट युवा टोली सोमबार दिउँसो नेपाल समय अनुसार ३ […]

117 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय यू-१७ पुरुष फुटबल टोली एएफसी यू-१७ एसियन कप २०२३ को छनोट चरणमा सहभागिता जनाएपछि स्वदेश फर्कदैछ । भिएतनामबाट सोमबार प्रस्थान गरेको टोली २४ घण्टा मलेसियाको कुआलालुम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा २४ घण्टा ट्रान्जिटमा बसेर मंगलबार रातमा मात्र नेपाल आइपुग्ने भएको छ ।

भिएतनामबाट युवा टोली सोमबार दिउँसो नेपाल समय अनुसार ३ बजेको आसपास मलेसियाको क्वालालम्पुर एयरपोर्टमा ओर्लेको छ । समूह चरणका ३ खेल खेलेर फर्कने पहिला नै तय भएपनि अखिल नेपाल फुटबल संघ (एन्फा) को व्यवस्थापकिय कमजोरीका कारण टोलीले एक दिन एअरपोर्टमै बिताउनु पर्ने भएको छ । टोली मंगलबार रातको ९ बजे काठमाडौं आइपुग्ने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

टोली २४ घण्टा ट्रान्जिटमा बस्नुपर्ने भएपछि एन्फाले हालसम्म अर्को कुनै व्यवस्था गरेको छैन । सामान्यतया खेलाडीलाई लामो ट्रान्जिट बस्दा होटेलमा राख्ने गरिन्छ । तर यसअघि भिएतनाम जाँदा पनि टोलीले १२ घण्टा विमानस्थलको सामान्य कुर्सीमै बसेर ट्रान्जिट समय काटेको थियो ।

प्रतियोगिताको छनोटमा भने नेपालको प्रदर्शन पुन: एकपटक बिर्सनलायक रहयो । टोली पहिलो खेलमा थाइल्यान्डसँग ३–० र दोस्रो खेलमा आयोजक भियतनामसँग ५–० ले पराजित भएको थियो । अन्तिम खेल नेपालले आइतबार चाइनिज ताइपेसँग खेलेको थियो । जसमा १० खेलाडीमा समेटिएको नेपाल ४–२ ले पराजित भएको थियो । नेपालको समूहबाट भिएतनाम अघि बढ्यो ।

अघिल्लो महिना यू-१७ टोली साफ यू १७ च्याम्पियनसिपमा उपविजेता भएको थियो । भारतविरुद्धको फाइनल नेपालले ४–० ले गुमाएको थियो । उक्त प्रतियोगिताको समूह चरणमा भने नेपालले भारतमाथि जित हासिल गरेको थियो ।

साफ विजेता भारत एएफसी यू-१७ एसियन कपको अन्तिम प्रतियोगितामा पनि छनोट भयो । आफ्नो समूहको दोस्रो स्थानमा रहेको भारत उत्कृष्ट ६ उपविजेतामा पर्न सफल भयो । भारतले ४ खेलमा ३ जित र १ हारको नतिजा निकाल्यो । कुवेतलाई ३-०, माल्दिभ्सलाई ५-० र म्यानमारलाई ४-१ ले हराएको भारत अन्तिम खेलमा साउदी अरबसँग २-१ ले पराजित भयो । अर्को दक्षिण एसियाली राष्ट्र बंगलादेश समूह उपविजेता बनेपनि शीर्ष ६ मा अटाउन सकेन ।

समूह विजेताका रुपमा जापान, मलेसिया, कतार, साउदी अरब, यमन, भिएतनाम, अष्ट्रेलिया, ताजिकिस्तान, इरान र उज्बेकिस्तानले अन्तिम प्रतियोगितामा स्थान बनाए । उत्कृष्ट ६ उपविजेता बन्दै दक्षिण कोरिया, चीन, अफगानिस्तान, भारत, थाइल्याण्ड र लाओसले पनि सन् २०२३ मा हुने प्रतियोगिता खेल्नेछ । बहराइनले आयोजना गर्ने भनेपनि अन्तिम समयमा नाम फिर्ता लिएपछि नयाँ आयोजकको नाम टुंगो लागेको छैन ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.