काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ सम्मलित राउन्ड ग्लास पन्जाब एफसी बिहीबार आई लिगमा पराजित भएको छ ।

पन्जाब एफसी घरेलु टोली तिडिम रोड एथलेटिक युनियन एफसीसँँग २–० ले पराजित भएको थियो । तिडिमले पहिलो र दोस्रो हाफमा समान १ गोल गरेका थियो । बुनाथाङलुनले २५ औं मिनेटमा तिडिमका लागि पहिलो गोल गरेका थिए । अर्को गोल सलाम जोन्सन सिंहले ५५ औं मिनेटमा गोल थपेका थिए । किरण पूरा समय खेलेका थिए ।
जारी लिगमा पन्जाबको यो पहिलो हार हो । यसअघिका ५ खेलमा ३ जित निकालेको पन्जाबले १ खेलमा बराबर गरेको थियो । ५ खेलपछि १० अंकका साथ पन्जाब पाँचौं स्थानमा रहेको छ । रियल कस्मिर १६ अंकका साथ शीर्षस्थानमा रहेको छ ।
६ खेलमा ७ अंक जोडेको तिडिम सातौं स्थानमा रहेको छ । आई लिगमा १२ टोलीको सहभागिता छ । आई लिगको तयारीका क्रममा भारतमा रहेका कारण किरण पाकिस्तानविरुद्ध कात्तिक ३० गते दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा उपस्थित थिएनन् ।