default_image

3 years ago

December 9, 2022

क्रोएसियाको दुई परिवर्तन, ब्राजिल अपरिवर्तित

364 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत क्वाटरफाइनलमा ब्राजिल र क्रोएसिया भिड्दैछन् । दुवै टोलीले खेलका लागि सुरुवाती ११ सार्वजनिक गरिसकेका छन् ।

क्रोएसियाले अघिल्लो खेलबाट दुई खेलाडी परिवर्तन गर्दा ब्राजिलले कुनै खेलाडी फेरेको छैन । क्रोएसियाका लागि डिफेन्डर ब्रुनो सोसा र मारियो पासालीच सुरुवाती रोजाइमा छन् । पछिल्लो खेल सुरुवात गरेका बोर्ना बारिसिच र बुर्नो पेक्टोभिच बेन्चमा छन् । ब्राजिलले भने दक्षिण कोरियाविरुद्ध सहज जित दर्ता गरेकै टोली उतारेको छ ।

क्रोएसिया प्लेइङ ११ :

डोमिनिक लिभाकोभिच, डेजान लोभ्रेन, जोस्को भार्दिओल, बोरना सोसा, जोसिप जुरानोभिच, माटियो कोभाचिच, मार्सेलो ब्रोजोभिच, लुका मोड्रीच (कप्तान), मारियो पासालीच, इभान पेरिसिच, आन्द्रे क्रामारिच

ब्राजिल प्लेइङ ११ :

एलिसन, ड्यानिलो, थियागो सिल्भा (कप्तान), मार्किन्हस, एडर मिलिसाओ, क्यसेमिरो, लुकास पाक्वेटा, नेयमार, राफिन्हा, भिनिसियस जुनिअर, रिचार्लीसन

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.