default_image

3 years ago

December 17, 2022

मेस्सी – हरेक क्षेत्रमा अब्बल !

366 views

0 Bookmark

एजेन्सी – लियोनल मेस्सी विश्व कपको उपाधि उचाल्ने अवसरको एक कदम मात्र पछि छन् । डेढ दशक भन्दा लामो खेल जीवनमा उनले जित्न बाँकी भनेको विश्व कप उपाधि मात्रै हो ।

व्यवसायिक फुटबलमा बार्सिलोनाका लागि सबै उपाधि जिताउँदा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका मेस्सीले अर्जेन्टिनाका लागि पाँचौं विश्वकप खेलिरहेका छन् । उनले यो आफ्नो अन्तिम विश्वकप भएको यसअघि नै बताइसकेका छन् । अर्जेन्टिनाका लागि कोपा अमेरिका जितेका मेस्सीले विश्वकप जित्न सके भने उनको खेल जीवन थप लोभलाग्दो पक्कै हुनेछ ।

अर्जेन्टिना फुटबल टोलीका लागि उनले सबै खाले कीर्तिमान तोडिसकेका छन् । विश्वकपमा पनि अघिल्ला संस्करणमा भन्दा उनी यो पटक बढी प्रभावकारी देखिएका छन् । उनी टोलीको केन्द्र विन्दुमा छन् । कतार विश्वकपमा उनी सबैभन्दा प्रभावकारी खेलाडीका रुपमा चर्चामा छन् ।

यसअघि भन्दा बढी गोल

मेस्सीले यसपटक ६ खेल खेलिसक्दा ५ गोल गरेका छन् । ३ गोल पेनाल्टीबाट भएका हुन् । उनको विश्व कप गोल संख्या ११ पुगेको छ । उनले अर्जेन्टिनाका लागि विश्व कपमा यसअघि सर्वाधिक गोलकर्ता ग्याब्रिएल बाटिस्टुटा (१०) को कीर्तिमानलाई भंग गरिसकेका छन् । मेस्सीले सन् २०१४ को विश्व कपमा ४ गोल गरेका थिए । त्यति बेला फाइनलमा अर्जेन्टिना जर्मनीसँग पराजित भएको थियो ।

प्रदर्शनसँगै गोल पनि

गोलसँगै मेस्सीको प्रदर्शन पनि अब्बल रहेको छन् । पाँचौं पटक विश्वकप खेलिरहँदा उनी यसपटक सबैभन्दा प्रभावकारी भएको विश्वास गरिएको छ । यद्दपी अन्तिम परीक्षा भने मेस्सीले दिन बाँकी छ । विश्वकप जित्न नसकेको अवस्थामा आफू उत्कृष्ट खेलाडी बनेपनि मेस्सीका लागि त्यो खासै अर्थपूर्ण हुने छैन ।

नेतृत्वकर्ता

मेस्सीमा परिपक्वता पनि बेजोडको देखिएको छ । मैदानमा उनको नेतृत्व क्षमता प्रकट भइरहेको छ । यसअघि भन्दा उनी टोलीलाई नेतृत्व दिनमा बढी सफल देखिन्छन् । उनी आफ्नो टोलीलाई प्रेरित गरिहेका हुन्छन् । आफू समस्यामा पर्दा पनि उनी टोलीको हौसला बढाउन चुक्दैनन् । नेदरल्यान्ड्सविरुद्धको क्वार्टरफाइनल त्यसको एउटा उदाहरण हो ।

धेरै एसिस्ट

मेस्सीले ६ खेलमा ३ एसिस्ट पनि दिइसकेका छन् । त्यसमध्ये क्रोएसियनविरुद्धको सेमिफाइनलको अन्तिम गोलमा उनले दिएको पासको खुबै चर्चा भइरहेको छ । उनले मेहनत र चलाखीपूर्ण तरिकाले निकालेको पासमा जुलियन अल्भारेजले सहर्ज गोल गरेका थिए ।

समग्रमा विश्व कपमा त्यो उनको आठौं एसिस्ट हो । जुन विश्व कपमा डिएगो म्यारोडोनाले राखेको कीर्तिमानसँग बराबर हो । आइतबार फ्रान्सविरुद्ध हुने फाइनलमा उनले त्यो कीर्तिमानलाई पनि भंग गर्ने अवसर हुनेछ ।

परिपक्वता

मेस्सीले विश्व कपमा टोलीको हरेक खेलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आएका छन् । साउदी अ‍ेरेबियासँग पहिलो खेलमा पराजित भएयताका सबै खेलपछि उनी प्रतिक्रियाका लागि उपस्थित हुने गरेका छन् । जहाँ उनको सहज रुपमा प्रस्तुत हुने गरेको बताइन्छ । त्यसबाट पनि उनको परिपक्कवता झल्किएको छ ।

शारीरिक क्षमता

‘म लामो किक हान्न र बलको पछि धेरै दौडन सक्दिन । म ३५ वर्षको भइसकेको छु । त्यसैले मैले चलाख हुनुपर्छ,’ मेस्सीले हालै भनेका थिए । उमेरका कारण पनि मेस्सीलाई आफ्नो सिमितता थाहा छ ।

उमेर अनुसार शरीरको व्यवहार पनि फरक हुन्छ नै । त्यसलाई राम्ररी बुझेका मेस्सी बलका पछाडि दौडने भन्दा पनि बल आफूले पाएपछि त्यसलाई कसरी अघि बढाउने भन्नेमा बढी केन्द्रित देखिन्छन् ।

जितपछि दृढ

विश्व कप जित्ने मेस्सीका लागि यो अर्को मौका हुनेछ । उपाधिको निर्णय हुनुअघि विश्व कपमा सर्वाधिक खेल खेल्ने खेलाडीको नाममा मेस्सीले अर्को कीर्तिमान बनाउने छन् । फ्रान्सविरुद्धको खेल उनका लागि २६ औं खेल हो ।

जुन जर्मनीका लुथर म्याथुजको कीर्तिमानलाई उनले भंग गर्नेछन् । त्यस्तै उनले विश्व कपमा सर्वाधिक धेरै मिनेट खेल्ने कीर्तिमान बनाउन सक्नेछन् । इटालीको पाउलो माल्दिनीको नाममा २२ सय १७ मिनेट छ । मेस्सीले अहिले सम्म २१ सय ९४ मिनेट खेलिसकेका छन् ।

टोलीका लागि पहिलो गोल

मेस्सीको गोल संख्यात्मक रुपमा मात्र होइन टोलीका लागि उत्तिकै महत्वपूर्ण पनि रहेका छन् । ६ खेलमा उनले ५ गोल गरिसकेका छन् । त्यसमध्येपनि ४ गोल भने टोलीका लागि उनको पहिलो रहँदै आएको छ । यद्दपी साउदीविरुद्ध उनले पहिलो गोल गरेपनि टोली पराजित भएको थियो ।

समर्थकसँगको सम्बन्ध

अर्जेन्टिनी समर्थकसँग उनको हार्दिक सम्बन्ध रहनेगरेको छ । टोलीको जित, हार होस सबैमा उनलाई समर्थकले साथ दिरहेका हुन्छन् । तर, जारी विश्व कपमा जसरी उनी समर्थकसँग जसरी खुसी साटिरहेका छन्, सायद यसअघि त्यस्तो दृश्य देखिएको थिएन ।

केन्द्रबिन्दुमा मेस्सी

विश्वको सञ्चारमाध्यममा यति बेला मेस्सी केन्द्रबिन्दुमा छन् । यद्दपी यो पनि सत्य हो सबैले विश्व कप मेस्सीले नै जितोस् भन्ने चाहेका छन् । तर, सबैले उनको खेल जीवनको भने प्रशंसा गर्छन् नै । डेढ दशक भन्दा लामो खेल जीवनमा उनले जादुमयी प्रदर्शन गरेका छन् । ३५ वर्षको उमेरमा पनि उनको खेलमा उत्तिकै जादु छ । त्यसले कसलाई पनि मोहित पार्दैन र ?

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.