default_image

3 years ago

December 17, 2022

समर्थकले मैदान पसेर गोलरक्षकलाई बाल्टिनले हानेपछि..

258 views

0 Bookmark

एजेन्सी – समर्थकले खेल चलिरहँदा मैदान पसेर विपक्षी टोलीका गोलरक्षकलाई फलामे बाल्टिनले हानेर घाइते बनाएपछि खेल स्थगित भएको छ ।

अष्ट्रेलियाको शीर्ष डिभिजन लिग ए लिग अन्तर्गत मेलबर्न डर्बीमा मेलबर्न सिटी र मेलबर्न भिक्ट्रीबीच खेलको २२ औं मिनेटमा समर्थक मैदानभित्र पसेका थिए । मेलबर्न सिटीका गोलरक्षक टम ग्लोभरलाई समर्थकको समूहले आक्रमण गर्न खोजेपछि रेफ्री एलेक्स किंगले बचाउ गर्न खोजेका थिए । समर्थकले फलामको बाल्टिनले प्रहार गर्न खोज्दा रेफ्री किंगले छेकेपनि ग्लोभरको टाउकोमा लागेको थियो ।

मेलबर्न सिटीले विज्ञप्ति जारी गर्दै २४ वर्षीय गोलरक्षक ग्लोभरलाई थप उपचारका लागि अस्पताल लगेको जनाएको छ । रेफ्री किंगसँगै एक टेलिभिजन क्यामराम्यान पनि घाइते भएका छन् । मेलबर्न भिक्ट्रीले पनि समर्थकको व्यवहारबाट निराश भएको र उक्त घटनाको निन्दा गरेको छ ।

फुटबल अष्ट्रेलियाले घटनाको तुरुन्त छानविन सुरु गर्ने र आवश्यक कारवाही गर्ने बताएको छ । भिक्टोरिया पुलिसका अनुसार झन्डै २ सय समर्थक मैदानभित्र पसेको जनाएको छ ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.