3 years ago
December 18, 2022
एजेन्सी – साविक विजेता फ्रान्सले फिफा विश्वकप कतार २०२२ को फाइनलमा अर्जेन्टिनाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ८:४५ बजे सुरु हुँदैछ ।

सन् १९९८ मा फ्रान्सले उपाधि जित्दा कप्तानी गरेका डीडीएर डेस्च्याम्प्सले सन् २०१८ मा प्रशिक्षकको भूमिकामा टोलीलाई उपाधि दिलाए । उनी अब लगातार दुई पटक उपाधि जिताउने दोस्रो प्रशिक्षक बन्ने सुरमा छन् । डेस्च्याम्प्सले फाइनलअघि धेरैको चाहना अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीले विश्वकप जितोस् भन्ने चाहने धेरै रहेको पनि बुझेका छन् ।
‘मलाई थाहा छ अर्जेन्टिना मात्र होइन विश्वभर नै धेरैको चाहना मेस्सीले विश्वकप जितुन् भन्ने छ । हुनसक्छ यसमा फ्रान्सकै केही पनि छन् । तर हामी आफ्नो लक्ष्य पूरा गर्न आएका हौं र त्यसमा ध्यान दिइरहेका छौं ।’
‘म आफू एक्लो महसुस पनि गरिरहेको छु । तर त्यसले केहि फरक पर्दैन । मलाई खेलबारे कुनै चिन्ता छैन । महत्त्वपूर्ण खेलको तयारी गर्दा ध्यान केन्द्रित गर्न जरुरि छ । म त्यसमा ध्यान दिइरहेको छु ।’
फ्रान्समा केहि खेलाडी बिरामी परेपछि टोली समस्यामा थियो । सेमिफाइनलमा दुई खेलाडी गुमाएको फ्रान्सका लागि त्यसयता ५ खेलाडीले प्रशिक्षण गुमाएका थिए । तर शनिबार सबै प्रशिक्षणमा सहभागी भएको डेस्च्याम्प्सले जानकारी दिए ।
फाइनलअघि फ्रान्सका फरवार्ड करीम बेन्जेमा टोलीमा फर्कने चर्चा चलेको थियो । टोली कतार आएपछि चोट बोकेर फर्केका उनको नाम भने अझैपनि टोलीमा छ । तर प्रशिक्षक डेस्च्याम्प्सले उनी फर्कने कुनै सम्भावना नरहेको बताए ।
‘मलाई यस्तो कुरा मन पर्दैन । पहिलो खेलमा लुकास घाइते भएपछि नै मैले टोलीमा २४ खेलाडी छन् भनेर बुझेको छु । घाइते खेलाडीबारे बारम्बार कुरा गर्नु राम्रो होइन । अब खेल हेर्न को आउँछ भन्ने मेरो नियन्त्रणमा रहेन । मेरो लागि फाइनल खेल्न २४ खेलाडी उपलब्ध छन् भन्नेमा प्रष्ट छु,’ डेस्च्याम्प्सले टुंग्याए ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]