default_image

3 years ago

December 18, 2022

हाकिमीले अध्यक्ष इन्फान्टिनोलाई पनि छाडेनन्

223 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत तेस्रो स्थानको खेलमा क्रोएसियासँग पराजित भएपछि मोरक्कोका डिफेन्डर अक्रफ हाकिमीले खेलका रेफ्रीसँगै फिफा अध्यक्ष जियानी इन्फान्टिनोविरुद्ध आक्रामक रुपमा प्रस्तुत भए ।

कतारी रेफ्री अब्दुलरहमान अल-जसिमले फाइनल ह्विसल बजाए लगत्तै मोरक्कोका खेलाडी रेफ्रीविरुद्ध जाइलागेका थिए । डिफेन्डर अक्रफ हकिमीलाई रोक्न मोरक्कोकै खेलाडीलाई हम्मेहम्मे परेको थियो । खेलका दौरान रेफ्रीले पेनाल्टी नदिएको भन्दै मोरक्कोका खेलाडीले आफ्नो निराशालाई आक्रोशित रुपमा पोखेका थिए ।

पेनाल्टी क्षेत्रभित्र ब्रुनो पेक्टोभिचले ह्यान्ड बल गरेको भन्दै मोरक्कोका खेलाडीले पेनाल्टी मागेका थिए । तर भिडियो असिस्टेन्ट रेफ्रीले हेर्दा उक्त बल पेक्टोभिचको ढाडमा लागेको देखिएको थियो । त्यस्तै एक फलमा पहेंलो कार्ड नदिएको विषयमा पनि मोरक्कोका खेलाडी रिसाएका थिए ।

खेल सकिएपछि क्रोएसियाले तेस्रो स्थानको पदक पाउँदा मोरक्कोका खेलाडी विरोध जनाउँदै मैदान छाडेका थिए । क्रोएसियाले पदक लिँदा मोरक्कोको टोली ड्रेसिङ रुम पसेको थियो । हाकिमीले ड्रेसिङ रुम फर्कने क्रममा अध्यक्ष इन्फान्टिनोसँग पनि आक्रोशित रुपमा प्रस्तुत भएका थिए । फिफाले मोरक्कोलाई पदक दिन नचाहेको र लगातार दोस्रो खेलमा रेफ्रीले आफू विरुद्ध निर्णय दिएकोमा हाकिमीले निराशा पोखेका थिए ।

हाकिमीले इन्फान्टिनोसँग आक्रोश पोख्दा त्यहाँभित्र फिफा अन्तर्गतको टिभी क्यामेरा र फोटोग्राफर मात्र थिए । ड्रेसिङ रुम पस्ने स्थानमा रहेकाले अन्य सार्वजनिक मिडिया उपस्थित थिएनन् । फिफाले तुरुन्त उक्त भिडियो डिलिट गर्न लगाएको बुझिएको छ ।

हाकिमीले ड्रेसिङ रुम छाडेर टिम बसमा जाने समयमा अन्तर्वार्ताका क्रममा आफूले गल्ती गरेको स्वीकारे । ‘खासै केहि होइन । म रेफ्रीको निर्णयले रिसाएको थिएँ । म अध्यक्ष इन्फान्टिनोसँग आफ्नो कुरा राख्न चाहन्थे । तर म उनलाई प्रयोग गरेको शब्दप्रति माफी चाहन्छु । उनी मेरो साथी हुन् र मेरो सम्मान छ । त्यस्तो केहि भएको छैन,’ हाकिमीले भने ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.