default_image

3 years ago

December 18, 2022

विश्वकप फाइनल : युरोपविरुद्ध हावी दक्षिण अमेरिका

326 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को फाइनलमा युरोपेली राष्ट्र फ्रान्सले दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाको सामना गर्दैछ । साविक विजेता फ्रान्स र अर्जेन्टिना दुवै तेस्रो पटक उपाधि जित्ने लक्ष्यमा छन् ।

विश्वकपको पछिल्लो चार संस्करण युरोपेली राष्ट्रले जितेका छन् । सन् २०२२ मा ब्राजिलले जितेयता दक्षिण अमेरिकी टोलीले विश्वकप उपाधि जित्न सकेका छैनन् । सन् २०१४ मा अर्जेन्टिना फाइनलमा जर्मनीसँग पराजित हुँदै उपाधिबाट बन्चित हुनु परेको थियो । समग्रमा विश्वकपको फाइनलमा भने दक्षिण अमेरिकी टोली युरोपमाथि हावी भएको इतिहास छ ।

हालसम्म २१ संस्करण सम्पन्न हुँदा युरोपले १२ पटक र दक्षिण अमेरिकाले ९ पटकक विश्वकप जितेका छन् । उरुग्वेले सन् १९३० र १९५० मा विश्वकप जित्दा दक्षिण अमेरिकी प्रतिद्वन्द्वीलाई पराजित गरेको थियो । त्यसबाहेक ब्राजिलले ५ पटक र अर्जेन्टिनाले २ पटक विश्वकप जित्दा युरोपेली प्रतिद्वन्द्वीलाई नै हराएको इतिहास छ । यता युरोपेली टोलीले हालसम्म ३ पटक मात्र दक्षिण अमेरिकी टोलीलाई फाइनलमा हराएका छन् ।

हालसम्म १० पटक युरोप र दक्षिण अमेरिकाले फाइनल खेल्दा ७ पटक दक्षिण अमेरिकी टोलीले विश्वकप जितेका छन् । ब्राजिलले आफ्नो ५ उपाधि जित्ने क्रममा सन् १९५८ मा स्विडेन, १९६२ मा चेकोस्लोभाकिया, १९७० र १९९४ मा इटाली र २००२ मा जर्मनीलाई हराएको थियो । अर्जेन्टिनाले सन् १९७८ मा नेदरल्यान्ड्स र १९८६ मा वेस्ट जर्मनीलाई पराजित गरेको थियो ।

युरोपेली राष्ट्रले दक्षिण अमेरिकी राष्ट्र हराएको १९९० मा वेस्ट जर्मनीले अर्जेन्टिना, १९९८ मा फ्रान्सले ब्राजिल र २०१४ मा जर्मनीले अर्जेन्टिना नै हो । अर्जेन्टिनाले हालसम्म ५ फाइनलमा २ जित र ३ हारको नतिजा निकालेको छ । फ्रान्सले ३ पटकमा २ जित र १ हार बेहोरेको छ । अर्जेन्टिना छैटौं र फ्रान्स चौथो पटक फाइनल खेल्दैछन् ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.