3 years ago
December 18, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत फ्रान्स र अर्जेन्टिनाबीच फाइनल खेल केहीबेरमा सुरु हुँदैछ । लुसेल रंगशालामा रातको ८:४५ बजे सुरु हुने खेलका लागि दुवै टोलीले सुरुवाती ११ घोषणा गरेका छन् ।

अर्जेन्टिनाका लागि चोटका कारण पछिल्ला खेलमा अनुपस्थित रहेका विंगर एन्जल डी मारिया सुरुवाती रोजाइमा फर्केका छन् । यस्तै फ्रान्सका लागि पनि सेमिफाइनलमा अनुपस्थित रहेका डिफेन्डर डायोट उपामेकानो र मिडफिल्डर एड्रिएन राबीओट सुरुवात गर्दैछन् ।
अर्जेन्टिना सुरुवाती ११ :
एमिलियानो मार्टिनेज
नाहेल मोलिना – क्रिस्टियन रोमेरो – निकोलस ओटामेन्डी – निकोलस टाग्लीयाफिको
एन्जल डी मारिया – रोड्रीगो डे पल – एन्जो फर्नान्डेज – एलेक्सिस म्याक एलिस्टर
लिओनेल मेस्सी – जुलियन अल्भारेज
फ्रान्स सुरुवाती ११ :
ह्युगो लोरिस
जुल्स कुन्डे – राफाएल भारान – डायोट उपामेकानो – थिओ हर्नान्डेज
औरेलिएन चुआमेनी
एड्रिएन राबीओट – एन्टोइन ग्रिजमन
ओस्मान डेम्बेले – ओलिभिएर जिरुड – किलीयन एमबाप्पे
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]