default_image

3 years ago

December 18, 2022

दीपिका पादुकोण र कासिलासले विश्वकप ट्रफी बोक्ने

250 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत फाइनल खेलअघि भारतीय अभिनेत्री दीपिका पादुकोण र स्पेनिस गोलरक्षक इकर कासिलासले विश्वकप ट्रफी बोक्ने भएका छन् ।

फाइनल खेलमा दुई टोली मैदान प्रवेश गर्नुअघि परम्परागत रुपमा फिफा विश्वकपको ट्रफी मैदानमा ल्याउने प्रचलन रहेको छ । त्यसै कार्यक्रममा अभिनेत्री दीपिका पादुकोण र इकर कासिलासले कतार विश्वकपको फाइनलअघि ट्रफी मैदानसम्म ल्याउन लागेका हुन् ।

दीपिका फिफाको पार्टनर लुइस भूतोंको प्रतिनिधिका रुपमा ट्रफी बोक्न लागेकी हुन् । कासिलास सन् २०१० मा स्पेनले विश्वकप जित्दा टोलीका कप्तान थिए । यसअघि उद्घाटन समारोहमा फ्रान्सका मार्से डेजाइलीले ट्रफी मैदानमा ल्याएका थिए ।

विश्वकप सुरु हुनुभन्दा एक दिन अघि लुइ भुटोंले लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोको एकसाथ चेस खेलेको तस्विर सार्वजनिक गरेको थियो ।

यस तस्विरबारे थप पढ्नुहोस् : विश्वकपसँग जोडिएको हुनसक्छ मेस्सी र रोनाल्डोको भाइरल तस्वीर

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.