default_image

1 year ago

January 29, 2023

कोपा अमेरिका कपमा १६ टिमले प्रतिस्पर्धा गर्ने

एजेन्सी – सन् २०२४ मा अमेरिकामा हुने दक्षिण अमेरिकी महादेशको कोपा अमेरिका कपमा अब १६ टोलीको सहभागिता रहने भएको छ । कोपा अमेरिका कपमा दक्षिण अमेरिकाकाबाट १० उत्तर र मध्य अमेरिकी क्षेत्रबाट ६ टोली गरी कुल १६ टोली रहने आयोजक दक्षिण अमेरिकी फुटबल महासंघ (कन्वेवल) ले जनाएको छ । इक्वेडरले कोपा अमेरिका आयोजना गर्ने भएपनि […]

211 views

0 Bookmark

एजेन्सी – सन् २०२४ मा अमेरिकामा हुने दक्षिण अमेरिकी महादेशको कोपा अमेरिका कपमा अब १६ टोलीको सहभागिता रहने भएको छ ।

कोपा अमेरिका कपमा दक्षिण अमेरिकाकाबाट १० उत्तर र मध्य अमेरिकी क्षेत्रबाट ६ टोली गरी कुल १६ टोली रहने आयोजक दक्षिण अमेरिकी फुटबल महासंघ (कन्वेवल) ले जनाएको छ ।

इक्वेडरले कोपा अमेरिका आयोजना गर्ने भएपनि त्यहाँको सरकारले आयोजना गर्न नसक्ने जनाएपछि कन्वेललले अमेरिकालाई प्रतियोगिता आयोजना गर्न अनुमति दिएको हो ।

कोपा अमेरिका दोस्रोपटक दक्षिण अमेरिका बाहिर हुन लागेको हो । यसअघि कोपा अमेरिकाको १ सय वर्ष पूरा भएको अवसरमा सन् २०१६ मा पनि यो प्रतियोगिता अमेरिकामै आयोजना भएको थियो । पछिल्लो पटक सन् २०२१ मा ब्राजिलमा भएको कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको थियो।

२०२४ को कोपा अमेरिकासँगै महिला फुटबल र क्लब प्रतियोगिता आयोजनाका लागि कन्मेवल र उत्तर तथा मध्य अमेरिकी फुटबल संघ कोन्काकाफबीच विभिन्न सहमति समेत भएको छ । जस अनुसार अब हुने कोपा अमेरिकामा टिम संख्या बढाएर १६ पु¥याइनेछ । जसमा दक्षिण अमेरिकी १० टिम स्वत छानिनेछन् भने ६ टिम कोन्काकफबाट हुनेछ ।

टिमको टुंगो २०२३–२४ को कोनकाकाफ नेसन्स लिगबाट लाग्नेछ । आयोजक भएपनि अमेरिकाले पनि छनोट खेल्नुपर्नेछ । अमेरिकाले आगामी २०२६ मा मेक्सिकोसँग मिलेर विश्वकप फुटबल आयोजना गर्दैछ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.