default_image

1 year ago

January 29, 2023

फ्रान्सेली युवा डिफेन्डर चेल्सीमा अनुबन्धित

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले फ्रान्सेली युवा डिफेन्डर मालो गुस्तोलाई क्लबमा अनुबन्ध गरेको छ ।चेल्सीले १९ वर्षीय मालो गुस्तोलाई लिग वान क्लब लियोनबाट ३५ मिलियन युरोमा सन् २०३० सम्मका लागि अनुबन्ध गरेका हुन् । तर, गुस्तो सिजभर लाेनमा लियोनमै रहनेछन् । युवा प्रतिभा गुस्तोले २०२१ को जनवरीमा लियोनबाट डेब्यू गरेका थिए । उनले […]

185 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले फ्रान्सेली युवा डिफेन्डर मालो गुस्तोलाई क्लबमा अनुबन्ध गरेको छ ।चेल्सीले १९ वर्षीय मालो गुस्तोलाई लिग वान क्लब लियोनबाट ३५ मिलियन युरोमा सन् २०३० सम्मका लागि अनुबन्ध गरेका हुन् ।

तर, गुस्तो सिजभर लाेनमा लियोनमै रहनेछन् । युवा प्रतिभा गुस्तोले २०२१ को जनवरीमा लियोनबाट डेब्यू गरेका थिए । उनले फ्रेन्च लिग वानको क्लब लियोनबाट जारी सिजन १५ खेल खेलेका छन् । लियोन अहिले नवौ स्थानमा छ ।

फ्रान्सको उमेर समूह यू१६, यू१७, यू१९ र यू२१ बाट प्रतिनिधित्व गरिसकेका उनले सिनियर टोलीबाट भने मौका पाएका छैनन् ।

चेल्सीले यस जनवरीमा नोनी मादुके, मिखाइलो मुड्रिक, डेबिड डाट्रो फोफाना, एन्ड्रे सान्तोस र बेनोइट बाडिएसिललाई अनुबन्ध गरिसकेको छ । त्यस्तै, स्पेनिस क्लब एट्लेटिको मड्रिडका फरवार्ड जोआओ फेलिक्सलाई लोनमा अनुबन्ध गरेको छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.