default_image

1 year ago

February 3, 2023

शाहिन अफ्रिदीको विवाह शाहिद अफ्रिदीको छोरीसँग

एजेन्सी – पाकिस्तानका तीव्र गतिका युवा बलर शाहिन शाह अफ्रिदीले पूर्व कप्तान शाहिद अफ्रिदीको छोरी अन्शासँग विवाह गरेका छन् । शाहिनले शुक्रबार पाकिस्तानको कराँचीमा मुश्लिम पराम्परा अनुसार विवाह गरेका हुन् । शाहिन र अन्शाले दुईवर्ष अघि इन्गेजमेन्ट गरेका थिए । शाहिनको विवाहमा पाकिस्तानका कप्तान बाबर आजम, शरफराज अहमद, नसिम शाह र शादब खान लगायतका क्रिकेटर […]

91 views

0 Bookmark

एजेन्सी – पाकिस्तानका तीव्र गतिका युवा बलर शाहिन शाह अफ्रिदीले पूर्व कप्तान शाहिद अफ्रिदीको छोरी अन्शासँग विवाह गरेका छन् । शाहिनले शुक्रबार पाकिस्तानको कराँचीमा मुश्लिम पराम्परा अनुसार विवाह गरेका हुन् । शाहिन र अन्शाले दुईवर्ष अघि इन्गेजमेन्ट गरेका थिए ।

शाहिनको विवाहमा पाकिस्तानका कप्तान बाबर आजम, शरफराज अहमद, नसिम शाह र शादब खान लगायतका क्रिकेटर सहभागी थिए । शाहिन पाकिस्तानका वर्तमान समयका प्रमुख खेलाडी हुन् ।

तीन महिनाअघि अष्ट्रेलियामा भएको टि२० विश्वकपमा पाकिस्तानलाई फाइनल सम्म पुर्याउन शाहिनले सानदार प्रदर्शन गरेका थिए । फाइनलको अन्तिम समयमा शाहिन घाइते भएपछि पाकिस्तान इंग्ल्यान्डसँग पराजित हुन पुगेको थियो ।

गतवर्ष टि२० विश्वकपमा भारतलाई १० विकेटले हराउँदा शाहिन ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिदै प्लेयर अफ द म्याच चुनिएका थिए । २२ वर्षीय उनले पाकिस्तानबाट २५ टेस्ट, ३२ ओडिआई र ४७ टि२० आई खेल खेलेका छन् । विश्व क्रिकेटका वर्तमान समयका उत्कृष्ट बलरमा पर्दछन् ।

उता ४२ वर्षीय अलराउन्डर शाहिद अफ्रिदी विश्व क्रिकेटकै एक सफल अलराउन्डर हुन् । उनले पाकिस्तानबाट २७ टेस्ट, ३ सय ९८ ओडिआई र ९९ टि२० आई खेल खेलेका छन् । शाहिद अफ्रिदी वर्तमान समयका पाकिस्तानका प्रमुख छनोटकर्ता समेत हुन् ।

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

April 24, 2024

लुम्बिनीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बुधबार लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २३ रनले हराउँदै फाइनलमा पुग्ने संभावना कायमै राखेको छ। लुम्बिनीको जितमा आकाश त्रिपाठीले ६७ रनको पारी खेले। १ सय ३८ रनको विजय लक्ष्य पछाएको सुदूरपश्चिम १८.३ ओभरमा मात्र १ सय १८ रनमा अल आउट भयो। सुदूरपश्चिमले कुनैपनि समयमा ठूलो साझेदारी […]

Success

Thank you for your time.