2 years ago
March 26, 2023
एजेन्सी – फिफा विश्वकप कतार २०२२ मा सनसनीपूर्ण प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान बनाएको मोरक्कोले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पाँचपटकको विश्व च्याम्पियन ब्राजिललाई पराजित गरेको छ ।
घरेलु मैदानमा मोरक्कोले अधिकांश युवा खेलाडीलाई टोलीमा उतारेको ब्राजिलमाथि २–१ को रोमाञ्चक जित निकालेको हो । मोरक्कोको जितमा सोफिएन बोउफल र अब्देलहामिद साविरीले गोल गर्दा ब्राजिलका कप्तान क्यासमिरोले एक गोल फर्काए ।
ग्रान्ड स्टेड डि टानगेरमा आइतबार बिहान भएको खेलमा ब्राजिलले घरेलु टोलीमाथि दवाव बढाएपनि मोरक्कोलाई नतिजा सुम्पिन पुग्यो । खेलको २९औं मिनेटमा सोफिएन बोउफलले गोल गरेपछि ब्राजिल खेलमा पछि परेको थियो ।
६७औं मिनेटमा क्यासमिरोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । तर, त्यो बराबरीलाई ब्राजिलले रोक्न सकेन । ७९औं मिनेटमा अब्देलहामिद साविरीले गोल गर्दै ब्राजिललाई हार चखाए ।
ब्राजिलका अन्तरिक प्रशिक्षक रामोन मेनेजेसले मोरक्कोविरुद्ध रोनी, राफयल भेइगा, एन्डरे सान्तोष, रोजर इवानेज, भिटर रोकी, युरी अल्बर्टाे र आर्थरजस्ता युवा र नयाँ खेलाडीलाई मौका दिएको थियो ।
कप्तान क्यासमिरो, भिनिसियस जुनियर, रोड्रिगो, लुकास पाक्वेटा, एडर मिलिसाओ, इमर्सन रोयल र एन्टोनीले खेलेपनि नतिजा आफ्नो पक्षमा पार्न सकेन ।
चोटका कारण नेयमार, कप्तान थियागो सिल्भा, मार्किन्हस, रिचार्लीसन, एलेक्स सान्द्रो र ड्यानी आल्भेस नहुँदा ब्राजिल समस्यामा देखिएको थियो ।
February 7, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दुई पटकको च्याम्पियन संकटा क्लबले यसपटक प्रि क्वाटरफाइनलबाट आफ्नो यात्रा सुरु गर्दैछ। पोखरा रंगशाला जारी आहा राराको २४ औं संस्करणको अन्तिम प्रि क्वाटरफाइनलमा आज संकटाले भारत सिक्किमको थन्डरबोल्ट युनाइटेडको सामना गर्नेछ। पछिल्लो ४ वर्षमा दुईपटक च्याम्पियन बनेको संकटा आहामा सर्वाधिक सफल टोली मध्ये चौथोमा पर्दछ। नेपाल […]
February 7, 2025
एजेन्सी – लिभरपुल लिग कपको फाइनलमा प्रवेश गरेको छ । टोटनहमलाई बिहीवार सेमिफाइनलको दोस्रो लेगको ४- ० ले हराएपछि समग्रमा ४-१ को अग्रतासहित लिभरपुल उपाधि नजिक पुगेको हो। सेमिफाइनलको पहिलो लेगमा टोटेनहम १-० ले विजयी भएको थियो। घरेलुु मैदान एनफिल्डमा लिभरपुलका लागि कोडी गाक्पो, मोहमद सलाह, डोमिनिक सबुसलाय र भर्जिल भान डाइकले गोल गरे । गोक्पोले […]
February 7, 2025
एजेन्सी – बार्सिलोना कोपा डेल रेको सेमिफाइनल पुगेको छ । भ्यालेन्सियालाई बिहीवार भएको क्वाटरफाइनलमा ५-० ले हराउँदै बार्सिलोना अन्तिम चारमा पुगेको हो । बार्सिलोनाको जितमा फेरान टोरेसले ह्याट्रिक गरे । फर्मिन लोपेज र लमिन यमालले समान १ गोल गरे । टोरेसले ३० मिनेट भित्र नै ह्याट्रिक पूरा गरे भने बार्सिलोनाले पहिलो हाफमा नै ४-० को […]