default_image

7 years ago

January 2, 2017

नेपाल साफ च्याम्पिनसिपमा पहिलो पटक सेमिफाइनलबाट बाहिरियो

दिपेश तिमल्सिना सिलगुढी (भारत)– छ बर्षे महिला साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक सेमिफाइनलबाट बाहिरिएको छ । कञ्चनजंघा रंगशालामा आयोजक भारतसँग ३–१ ले हारेसँगै च्याम्पियनसिपमा नेपालको यात्रा अन्तिम चारबाटै टुंगिएको हो । यसअघि तीनैं संस्करणमा नेपाल फाइनलमा पुगेको थियो । तीनै पटक भारतले नेपाललाई फाइनलमा हराएको थियो । पहिलो हाफको एक मिनेट बाँकी रहँदा अग्रता लिएको […]

17 views

0 Bookmark

दिपेश तिमल्सिना
सिलगुढी (भारत)– छ बर्षे महिला साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक सेमिफाइनलबाट बाहिरिएको छ । कञ्चनजंघा रंगशालामा आयोजक भारतसँग ३–१ ले हारेसँगै च्याम्पियनसिपमा नेपालको यात्रा अन्तिम चारबाटै टुंगिएको हो । यसअघि तीनैं संस्करणमा नेपाल फाइनलमा पुगेको थियो । तीनै पटक भारतले नेपाललाई फाइनलमा हराएको थियो ।

nepali-toli-2

पहिलो हाफको एक मिनेट बाँकी रहँदा अग्रता लिएको भारतले दोस्रो हाफमा थप २ गोल गर्दा नेपालले पेनाल्टीमार्फत एक गोल फर्काएको थियो । पहिलो हाफका लागि एक मिनेट बाँकी रहँदा कमलादेवीले नेपालविरुद्ध गोल गरेकी थिइन् । रक्षक मनीष पानाले मैदानको मध्यभागमा निकालेको पासलाई अघि बढाउँदै कमलाले पेनाल्टी बक्सको दायाँ पट्टिबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो ।

५८ औं मिनेटमा इन्दुमतीले कमजोर रक्षापक्तिको फाइदा उठाउँदै दोस्रो गोल गरेकी थिइन् । दुई रक्षकलाई कटाएर इन्दुमतीले गोलकिपर अघि बढेको मौका छोप्दै चिप गर्दा गोल भएको थियो । ७६ औं मिनेटमा नेपालले पेनाल्टीमा गोल फर्काउँदै खेलमा फर्कने संकेत गरेको थियो ।

भारतीय खेलाडीको पेनाल्टी बक्समा ह्यान्ड भएपछि नेपालले पेनाल्टी पाएको थियो । पेनाल्टीमा सवित्रा भण्डारीले गोल गरिन् । च्याम्पिनसिपमा सावित्राको त्यो १२ औं गोल थियो । खेल सकिन ६ मिनेट बाँकी रहँदा सुस्मिता मलिकले गोल गरेपछि खेलमा फर्कने नेपालको सम्भावना समाप्त भएको थियो । सुस्मिताले कर्नरमा गोल गरेकी थिइन् ।

December 2, 2023

किराँत गोल्डकप – आयोजक पाँचथरको विजयी सुरुवात

दिपक बोहरा , पाँचथरपाँचथरमा शनिबारबाट सुरु भएको प्रथम किराँत गोल्डकप फुटबल प्रतियोगितामा आयोजक पाँचथर फुटबल क्लबले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा आयोजक पाँचथरले तेह्रथुमको मितेरी क्लब लाई २-० ले हराएको हो । पाँचथरको जितमा शुकराज राई र विशाल भण्डारीले गोल गरेका थिए । फिदिम माविको नाइन ‘ए’ साइड खेलमैदानमा भएको तनाबग्रस्त खेलमा मितेरी […]

December 2, 2023

ललितपुरको अग्रतामा क्रसबार बाधक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत जारी दिनको दोस्रो खेलमा धनगढी एफसी र ललितपुर सिटी एफसीले गोलरहित बराबरी खेलेका छन् । सुरुवाती दुवै खेलमा अपराजित दुई टोलीले पहिलो हाफमा गोल गर्न सकेनन् । खेलमा धनगढीले बलियो सुरुवात गरेपनि गोलको सटिक अवसर सिर्जना गर्न सकेन । खेल अघि बढेसँगै ललितपुरले बल पोसेसनमा […]

December 2, 2023

झापा लिग – मेचीनगर समूह विजेता

हिमाल खरेल, भद्रपुर झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत मेचीनगर नगरपालिका समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । आजको खेलमा कचनकवल गाउँपालकिालाई हराउँदै मेचीनगर स्पष्ट ९ अंकका साथ समूह ग को विजेता बनेको हो । मेचीनगरसँग ३–० गोल अन्तरले हारेको कचनकवल लिग चरणबाटै […]

Success

Thank you for your time.