2 years ago
March 26, 2023
धनगढी (हाम्रो खेलकुद) – थ्री स्टार क्लव छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
धनगढी रंगशालामा आइतबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई १–० गोल अन्तरले हराउँदै थ्री स्टारले अन्तिम चारमा स्थान बनाएको हो । पहिलो हाफ गोलरहित बराबरी खेलेको थ्री स्टारले दोस्रो हाफमा गोल गरेको थियो ।
थ्री स्टारका लागि खेलको ५९औं मिनेटमा दिपेश गुरुङले गोल गर्दै जित दिलाएका हुन् । खेलको एसपीए ‘म्यान अफ दी म्याच’ दिपेश गुरुङ घोषित भए ।
यो सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा यि दुई टोलीले ३–३ गोलको बराबरी खेल्दै अंका बाँडेका थिए । थ्री स्टारले अब सेमिफाइनलमा सुदूरपश्चिम–११ र नेपाल पुलिस क्लबबीचको विजेतासँग खेल्नेछ । खेल चैत १६ गते हुनेछ । प्रतियोगिता अन्तरगत सोमबार मनाङ मर्स्याङ्दीले बागमती युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो ।
प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ । चैत ९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल १८ गते हुनेछ ।
February 13, 2025
एजेन्सी – बायर्न म्युनिखले च्याम्पियन्सिप लिग प्ले अफको पहिलो लेग जितेको छ। बायर्नले बुधवार स्कटल्याण्डको सेल्टिकलाई २-१ ले हरायो । बायर्नलाई जिताउन माइकल ओलिस र हेरी केनले गोल गरे । सेल्टिकका डेजेन मेडाले गोल फर्काए । बायर्नका ओलिसले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै अग्रता दिलाए । दोस्रो हाफको चौथो मिनेटमा केनले गोल गर्दै बार्यनको […]
February 13, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगकि शीर्ष टोली लिभरपुल बराबरीमा राकिएको छ । लिभरपुललाई बुधवार एभर्टन २-२ को बराबरीमा रोकेको हो । इन्ज्युरी समयको आठौं मिनेटमा बराबरी गोल गर्दैै एभर्टनले १ अंक खोस्यो। घरेलु मैदानमा एभर्टनका लागि जेम्स टार्कोव्स्की र बेटोले गोल गरे । लिभरपुलका लागि एलेक्स म्याक एलिसेल्टर र मोहम्मद सलाहले गोल गरे । खेलमा […]
February 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- आयोजक कीर्तिपुरको नेपाल एपिएफ स्कुल ‘ए’दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता क्वाटरफाइनलमा पुगेको छ। अन्तिम प्रि क्वाटरफाइनलमा बुधवार ललितपुरको जेम्स स्कुललाई ५-० ले हराउँदै एपिएफ ‘ए’ अन्तिम आठमा पुगेको हो। आयोजक टोलीलाई जित दिलाउन विकास बोहोरा र पवन गुरुङले समान २ तथा तेन्जिङ शेर्पाले एक गोल गरे। प्लेयर […]