2 years ago
March 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – द ओसन क्लब गोरखाको आयोजनामा यसै महिनाको अन्त्यतिर यू–१३ राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
देशभरिबाट १२ उत्कृष्ट एकेडेमीका टिमहरुको सहभागिता रहने प्रतियोगिता चैत २७ देखि ३० गतेसम्म टिओसी टर्फ गोरखामा नै हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा द ओसन क्लब (गोरखा), द वल्ड क्यापिटल मावि (गोरखा), लक्ष्मी सामुदायिक शिक्षा सदन (गोरखा), काठमाडौं किकर्स (काठमाडौं), एबिसी एकेडेमी (काठमाडौं), समाज कल्याण खेलकुद केन्द्र (काठमाडौं), एफसी रियले (भक्तपुर), वालिङ युनाइटेड (स्याङ्जा), जन जागृति युवा क्लब (सिमरा), काकरभित्ता फुटबल ट्रेनिङ सेन्टर (झापा), अल स्टार क्लब (तनहुँ) र नमस्ते देउराली (तनहुँ) गरी १२ टोलीको सहभागिता रहेको छ ।
लिग कम नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित २० हजार रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुनेले १० हजार रुपैयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई पनि विशेष पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।
February 6, 2025
पोखरा (हाम्रो खेलकुद)- सडन डेथमा गोलकिपर टिकेन्द्र थापा नायक बनेपछि एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। पोखरा रंगशालामा बिहीवार निर्धारण समय र थप ३० मिनेटमा १-१ को बराबरीपछि टाइब्रेकर रोमान्चक बनेको हो। टाइब्रेकरमा पनि ४-४ को बराबरी भएपछि खेल सडन डेथमा गयो। सडन डेथमा […]
February 6, 2025
हिमाल खरेल,भद्रपुर सौर्य एअर ओम साई पाथिभरा दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ गम्भीर राई स्मृति संस्करणको खेल तालिका सार्वजनिक भएको छ । फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक भद्रपुर झापा गोल्डकपले बिहीवार खेल तालिका सार्वजनिक गरेको हो । आयोजक भद्रपुर झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष तथा टिम सम्पर्क एवम व्यवस्थापन उपसमितिका संयोजक आदित्य पराजुलीका अनुसार […]
February 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघ अध्यक्ष जीतेन्द्रबहादुर चन्दसहित नेपाल ओलम्पिक कमिटी (एनओसी) को नयाँ कार्यसमितिलाई ४ जनाले राजीनामा दिइसकेका छन् । पुस १३ गते सम्पन्न भनिएको निर्वाचनमा उपाध्यक्ष बनेका २ र सदस्य २ जनाले राजीनामा गरेका हुन् । १९ सदस्यीय बाट ५ जनाले राजीनामा गरेका हुन् ।सर्वोच्च र उच्च अदालतको आदेश र राष्ट्रिय खेलकुद […]