दिपेश तिमल्सिना
सिलगुढी (भारत)– ६ बर्षे महिला साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक सेमिफाइनलबाट बाहिरिएको छ । कञ्चनजंघा रंगशालामा आयोजक भारतसँग ३–१ ले हारेसँगै च्याम्पियनसिपमा नेपालको यात्रा अन्तिम चारबाटै टुंगिएको हो । यसअघि तीनैं संस्करणमा नेपाल फाइनलमा पुगेको थियो । तीनै पटक भारतले नेपाललाई फाइनलमा हराएको थियो ।
तस्बिर सौजन्य – रमेश समदर्सी, नेपाल खेलकुद पत्रकार मञ्च, समन्वय शाखा (झापा)