2 years ago
March 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले पेरिस ओलम्पिक २०२४ को एसियाली छनोटमा भियतनामसँग दुई खेल खेल्ने भएको छ ।
नेपाल रहेको समूह ‘सी’ बाट अन्तिम समयमा अफगानिस्तानले आफ्नो नाम फिर्ता लिएपछि नेपालले भियतनामसँग दुई खेल खेल्ने भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । यसअघि प्यालेस्टाइनले पनि आफ्नो नाम फिर्ता लिएको थियो ।
समूह ‘सी’ को छनोट खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । नयाँ तालिका अनुसार नेपाल र भियतनामबीचको पहिलो खेल चैत २२ र दोस्रो खेल चैत २५ मा हुनेछ । खेल साँझ ६ बजेपछि हुनेछ । भियतनामको टोली चैत २० गते नेपाल आइपुग्ने एन्फाका प्रवक्त सुरेश शाहले जानकारी गराए ।
पहिलो राउन्डमा एसियाका २६ टोलीलाई ७ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष टोली दोस्रो राउन्डमा छनोट हुनेछन् । अफगानिस्तान, प्यालेस्टाइन र श्रीलंकाले आफ्नो नाम फिर्ता लिएका छन् ।
उत्तर कोरिया, जापान, अष्ट्रेलिया, चीन र दक्षिण कोरिया दोस्रो राउन्डको लागि छनोट भइसकेका छन् । दोस्रो राउन्डमा रहने १२ टोलीलाई तीन समूहमा विभाजन गरिनेछ । शीर्ष टोली तेस्रो राउन्डमा छनोट हुनेछ । एक उत्कृष्ट दोस्रो हुने टोली तेस्रो राउन्डलाई छनोट हुनेछ । तेस्रो राउन्ड दुई लेगमा हुनेछ । त्यसबाट विजेता दुई टोली पेरिस ओलम्पिक २०२४ मा छनोट हुनेछ ।
छनोटका लागि एन्फाले एमडिएसी स्पोर्ट्स प्रालिसँग मार्केटिङ र ब्रोडकास्टिङको अधिकारको लागि सम्झौता गरिसकेको छ । सम्झौता रकम २० लाख रुपैयाँ रहेको छ । अनुमाति बजेट ४३ लाख रुपैयाँ रहेको एन्फाले जनाएको छ ।
एन्फाले साधरण पारापिटतर्फ ३ सय र भिआइपीतर्फ १ हजार रुपैयाँ टिकटदर तोकेको छ । टिकट खल्ती एप र रंगशालामा रहने खल्तीका स्टलबाट लिन सकिनेछ ।
ओलम्पिक छनोटका लागि एन्फाले ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा गर्दै फागुन १९ बाट नै बन्द प्रशिक्षण शुरु गरिसकेको छ । टोलीलाई मुख्य प्रशिक्षक अनन्तराज थापाले प्रशिक्षण दिइरहेका छन् । चोटका कारण डिफेन्डर गीता रानालाई टोलीमा समावेश गरिएको छैन ।
ओलम्पिक छनोटको तयारीकै लागि नेपालले गत मसहना भारतसँग उसकै भुमिमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेल २–२ गोलको बराबरीमा सकिदा दोस्रो खेल गोलरहित बराबरीमा सकिएको थियो ।
प्रारम्भिक टोली
एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, विमला विक, सपना राई, अमृता जैशी, हिरा कुमारी भुजेल, निशा थोकर, समीक्षा घिमिरे, प्रीति राई, अनिता बस्नेत, अनिता केसी, विमला चौधरी, दिपा शाही, सरु लिम्बु, रेनुका नगरकोटे, सविता राना मगर, निर्मला विक, सावित्रा भण्डारी, अमिषा कार्की, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रजनी थोकर, पूजा राना, दीपा न्यौपाने, सरस्वती ऐर, सरस्वती हमाल, अन्जली वाइबा, सिर्जना चेम्जोङ, गंगा गुरुङ, मन्जली कुमारी योन्जन, चन्द्रा भण्डारी, प्रतिक्षा चौधरी, मेनुका आले मगर र सारा बज्राचार्य
February 13, 2025
पोखरा (हाम्रो खेलकुद)- सिजनको पहिलो नकआउट खेल्ने क्रममा पोखरा आएको थ्री स्टार क्लबले विजयी सुरुवात गरेको थियो। त्यो जितले थ्री स्टार २४ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको थियो। बलियो मानिएको मच्छिन्द्र फुटबल क्लबलाई पेनाल्टीमा ४-२ ले हराउँदै अघि बढेको थ्री स्टारले त्यो भन्दा बलियो चुनौतीको सामना सम्भवतः आजको खेलमा गर्नुपर्ने हुनसक्छ। जहाँ ५ […]
February 13, 2025
एजेन्सी – बायर्न म्युनिखले च्याम्पियन्सिप लिग प्ले अफको पहिलो लेग जितेको छ। बायर्नले बुधवार स्कटल्याण्डको सेल्टिकलाई २-१ ले हरायो । बायर्नलाई जिताउन माइकल ओलिस र हेरी केनले गोल गरे । सेल्टिकका डेजेन मेडाले गोल फर्काए । बायर्नका ओलिसले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै अग्रता दिलाए । दोस्रो हाफको चौथो मिनेटमा केनले गोल गर्दै बार्यनको […]
February 13, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगकि शीर्ष टोली लिभरपुल बराबरीमा राकिएको छ । लिभरपुललाई बुधवार एभर्टन २-२ को बराबरीमा रोकेको हो । इन्ज्युरी समयको आठौं मिनेटमा बराबरी गोल गर्दैै एभर्टनले १ अंक खोस्यो। घरेलु मैदानमा एभर्टनका लागि जेम्स टार्कोव्स्की र बेटोले गोल गरे । लिभरपुलका लागि एलेक्स म्याक एलिसेल्टर र मोहम्मद सलाहले गोल गरे । खेलमा […]