default_image

2 years ago

March 27, 2023

मनाङ खप्तड गोल्डकपको सेमिफाइनलमा

218 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – मनाङ मर्स्याङ्दी क्लब छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा सोमबार भएको खेलमा बागमती युथ क्लब सर्लाहीलाई २–१ ले हराउँदै मनाङले अन्तिम चारमा स्थान बनाएको हो ।

मनाङको जितमा कोफी टिमोथी कुडो र साइदजामोल दाभ्लालजोनोभले गोल गरे । बागमतीका लागि सृजन गौतमले एक गोल फर्काए ।

खेलको ३७औं मिनेटमा टिमोथीले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाए । तर, मनाङको त्यो अग्रता लामो समय टिकेन । ४१औं मिनेटमा सृजनले बराबरी गोल फर्काए । ६६औं मिनेटमा साइदजामोलले गोल गर्दै मनाङलाई २–१ को जित दिलाए ।

अब मनाङले एभिनिर फुटबल क्लब क्यामरुनसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । उक्त खेल चैत १५ गते हुनेछ । प्रतियोगिता अन्तरगत मंगलबार आयोजक सुदूरपश्चिम–११ र विभागीय टोली नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो ।

प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ । चैत ९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल १८ गते हुनेछ ।

February 9, 2025

५ पटकको विजेता थ्री स्टार र मच्छिन्द्र खेल्दै

पोखरा (हाम्रो खेलकुद)- २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा आज सहिद स्मारक ए डिभिजन लिगका दुई टोली थ्री स्टार क्लबले र मच्छिन्द्र एफसीबिच प्रतिस्पर्धा हुँदैछ। पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।५ पटकको आहा रारा विजेता थ्री स्टारले यसपटक सिधै क्वाटरफाइनलमा प्रवेश पाएको थियो। मच्छिन्द्रले भने पहिलो खेलमा पूर्व विजेता […]

February 9, 2025

सिटीको पुनरागमन जित, चेल्सी पराजित

एजेन्सी- एफए कपमा म्यानचेस्टर सिटीले पुनरागमन जित निकाल्दा अर्को खेलमा चेल्सी पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। केभिन डि ब्रुएनाको निर्णायक गोलमा सिटीले लेटन ओरिएन्टलाई २-१ ले हरायो। सिटीका अब्दुकोदिर खुसानोभ बराबरी गोल गरेका हुन्। खेलको १६औं मिनेटमा स्टेफन ओर्टेगाको आत्मघाती गोलवाट लेटनले अग्रता लियो । ५६औं मिनेटमा खुसानोभले सिटीका लागि बराबरी गोल फर्काए । डि […]

February 9, 2025

एमबाप्पेको गोलमा रियल हारबाट जोगियो

एजेन्सी – किलियन एमबाप्पेको गोलमा रियल मड्रिड स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । रियलले शनिवार सिटी डर्बीमा एट्लेटिको मड्रिडसँग १-१ को बराबरी खेल्यो । घरेलु मैदानमा भएको खेलमा रियलका लागि एमबाप्पे तथा एट्लेटिकोको लागि जुलियन अल्भारेजले गोल गरे । खेलमा अग्रता एट्लेटिकोले लियो । ३५औं मिनेटमा पेनाल्टीमार्फत अल्भारेजले एट्लेटिकोको लागि गोल गरे । एमबाप्पेले […]

Success

Thank you for your time.