default_image

3 years ago

March 27, 2023

मनाङ खप्तड गोल्डकपको सेमिफाइनलमा

291 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – मनाङ मर्स्याङ्दी क्लब छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा सोमबार भएको खेलमा बागमती युथ क्लब सर्लाहीलाई २–१ ले हराउँदै मनाङले अन्तिम चारमा स्थान बनाएको हो ।

मनाङको जितमा कोफी टिमोथी कुडो र साइदजामोल दाभ्लालजोनोभले गोल गरे । बागमतीका लागि सृजन गौतमले एक गोल फर्काए ।

खेलको ३७औं मिनेटमा टिमोथीले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाए । तर, मनाङको त्यो अग्रता लामो समय टिकेन । ४१औं मिनेटमा सृजनले बराबरी गोल फर्काए । ६६औं मिनेटमा साइदजामोलले गोल गर्दै मनाङलाई २–१ को जित दिलाए ।

अब मनाङले एभिनिर फुटबल क्लब क्यामरुनसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । उक्त खेल चैत १५ गते हुनेछ । प्रतियोगिता अन्तरगत मंगलबार आयोजक सुदूरपश्चिम–११ र विभागीय टोली नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो ।

प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ । चैत ९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल १८ गते हुनेछ ।

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

December 11, 2025

म्यानचेस्टर सिटीसँग रियल म्याड्रिड पराजित

एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]

Success

Thank you for your time.