default_image

3 years ago

April 1, 2023

मेस्सीलाई बार्सिलोना फर्काउन छलफल

437 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले लियोनेल मेस्सीलाई बार्सिलोना फर्काउनको लागि सम्पर्क गरिरहेको क्लबका उपाध्यक्ष राफयल युस्टेले बताएका छन् ।

३५ वर्षीय अर्जेन्टिनाका फरवार्ड ७७८ खेलमा ६७२ गोलसहित बार्सिलोनाका सर्वाधिक गोलकर्ता हुन् र २०२१ मा आर्थिक कारण मेस्सीले नोउ क्याम्प छोडेका थिए ।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँगको दुई वर्षको सम्झौता यस सिजनको अन्त्यसँगै सकिदैछ । उनको प्राथमिकता फ्रान्सेली क्लबमा नै रहने बताइएको छ ।

‘लियो र उनको परिवारलाई थाहा छ कि म उनीहरूप्रतिको स्नेह गर्छु ।’ युस्टेले भने । दुई वर्षअघि बार्सिलोनासँग कम पारिश्रमिकमा नयाँ सम्झौतामा सहमत भएपनि नयाँ आर्थिक नियमका कारण क्लबले मेस्सीलाई बेच्न बाध्य बनेको थियो । मेस्सीले बार्सिलोनाबाट चार च्याम्पियन्स लिग र १० ला लिगा उपाधिसँगै ६ पटका बालोन डी’ओर जितेका छन् ।

‘त्यसबेला म वार्तामा सहभागी थिए । दुर्भाग्यवश निश्चित परिणाम निम्त्याउन सकेन ।’ युस्टेले भने, ‘म सधै मेस्सीलाई क्लबमै राख्ने पक्षमा थियौं तर हामीले रोक्न सकेनौं । मेस्सीलाई थाहा छ हामी उहाँको कत्ति कदर गर्छौं । हामी उहाँ (मेस्सी) क्लबका फर्किएको हेर्न चहान्छौं । हामी पक्कै पनि निरन्तर सम्पर्कमा छौं ।’

डिसेम्बरमा अर्जेन्टिनाबाट विश्वकप जितेका मेस्सीले पीएसजीका लागि ६६ खेलमा २९ गोल गरेका छन् । मेस्सीले यसैसाता आफ्नो १००औं अन्तर्राष्ट्रिय गोल र करिअरको ८सयौं गोल पूरा गरेका छन् ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.