2 years ago
April 1, 2023
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले लियोनेल मेस्सीलाई बार्सिलोना फर्काउनको लागि सम्पर्क गरिरहेको क्लबका उपाध्यक्ष राफयल युस्टेले बताएका छन् ।
३५ वर्षीय अर्जेन्टिनाका फरवार्ड ७७८ खेलमा ६७२ गोलसहित बार्सिलोनाका सर्वाधिक गोलकर्ता हुन् र २०२१ मा आर्थिक कारण मेस्सीले नोउ क्याम्प छोडेका थिए ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँगको दुई वर्षको सम्झौता यस सिजनको अन्त्यसँगै सकिदैछ । उनको प्राथमिकता फ्रान्सेली क्लबमा नै रहने बताइएको छ ।
‘लियो र उनको परिवारलाई थाहा छ कि म उनीहरूप्रतिको स्नेह गर्छु ।’ युस्टेले भने । दुई वर्षअघि बार्सिलोनासँग कम पारिश्रमिकमा नयाँ सम्झौतामा सहमत भएपनि नयाँ आर्थिक नियमका कारण क्लबले मेस्सीलाई बेच्न बाध्य बनेको थियो । मेस्सीले बार्सिलोनाबाट चार च्याम्पियन्स लिग र १० ला लिगा उपाधिसँगै ६ पटका बालोन डी’ओर जितेका छन् ।
‘त्यसबेला म वार्तामा सहभागी थिए । दुर्भाग्यवश निश्चित परिणाम निम्त्याउन सकेन ।’ युस्टेले भने, ‘म सधै मेस्सीलाई क्लबमै राख्ने पक्षमा थियौं तर हामीले रोक्न सकेनौं । मेस्सीलाई थाहा छ हामी उहाँको कत्ति कदर गर्छौं । हामी उहाँ (मेस्सी) क्लबका फर्किएको हेर्न चहान्छौं । हामी पक्कै पनि निरन्तर सम्पर्कमा छौं ।’
डिसेम्बरमा अर्जेन्टिनाबाट विश्वकप जितेका मेस्सीले पीएसजीका लागि ६६ खेलमा २९ गोल गरेका छन् । मेस्सीले यसैसाता आफ्नो १००औं अन्तर्राष्ट्रिय गोल र करिअरको ८सयौं गोल पूरा गरेका छन् ।
February 7, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दुई पटकको च्याम्पियन संकटा क्लबले यसपटक प्रि क्वाटरफाइनलबाट आफ्नो यात्रा सुरु गर्दैछ। पोखरा रंगशाला जारी आहा राराको २४ औं संस्करणको अन्तिम प्रि क्वाटरफाइनलमा आज संकटाले भारत सिक्किमको थन्डरबोल्ट युनाइटेडको सामना गर्नेछ। पछिल्लो ४ वर्षमा दुईपटक च्याम्पियन बनेको संकटा आहामा सर्वाधिक सफल टोली मध्ये चौथोमा पर्दछ। नेपाल […]
February 7, 2025
एजेन्सी – लिभरपुल लिग कपको फाइनलमा प्रवेश गरेको छ । टोटनहमलाई बिहीवार सेमिफाइनलको दोस्रो लेगको ४- ० ले हराएपछि समग्रमा ४-१ को अग्रतासहित लिभरपुल उपाधि नजिक पुगेको हो। सेमिफाइनलको पहिलो लेगमा टोटेनहम १-० ले विजयी भएको थियो। घरेलुु मैदान एनफिल्डमा लिभरपुलका लागि कोडी गाक्पो, मोहमद सलाह, डोमिनिक सबुसलाय र भर्जिल भान डाइकले गोल गरे । गोक्पोले […]
February 7, 2025
एजेन्सी – बार्सिलोना कोपा डेल रेको सेमिफाइनल पुगेको छ । भ्यालेन्सियालाई बिहीवार भएको क्वाटरफाइनलमा ५-० ले हराउँदै बार्सिलोना अन्तिम चारमा पुगेको हो । बार्सिलोनाको जितमा फेरान टोरेसले ह्याट्रिक गरे । फर्मिन लोपेज र लमिन यमालले समान १ गोल गरे । टोरेसले ३० मिनेट भित्र नै ह्याट्रिक पूरा गरे भने बार्सिलोनाले पहिलो हाफमा नै ४-० को […]