default_image

2 years ago

April 1, 2023

म्यानचेस्टर सिटी र लिभरपुल भिड्दै

276 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (शनिबार) विभिन्न सात खेलमा प्रतिस्पर्धा हुँदा उपाधि दौडमा रहेको म्यानचेस्टर सिटीले घरेलु मैदानमा इंग्लिस क्लब लिभरपुलको आतिथ्यता गर्दैछ ।

यो खेल इतिहाद स्टेडियममा नेपाली समयअनुसार साँझ ५ः१५ बजे हुनेछ । अन्तर्राष्ट्रिय विश्रामपछि क्लब फुटबल शुरु हुन लागेको हो ।

उपाधि होडलाई जीवित राख्न सिटीलाई लिभरपुलविरुद्धको खेलमा जितको खाँचो छ । लिभरपुललाई हराउन सके सिटीले शीर्षस्थानमा रहेको आर्सनलसँगको अंक दुरी ५ मा छोट्याउने छ । बराबरी या हारले अंक दुरी सिटीको उपाधि यात्रामा धक्का लाग्नेछ ।

लिभरपुलविरुद्ध सिटीलाई आफ्नो मुख्य फरवार्ड एर्लिङ ब्राउट हालान्ड र फिल फोडेनको अभाव खड्कन सक्नेछ । तर, मुख्य प्रशिक्षक पेप गुआर्डीओलाले हालान्डले खेल्ने सम्भावना रहेको बताएको छ ।

यसबाहेक टोलीसँग रियाद महारेज, जुलियन अल्भारेज, ज्याक ग्रेलिस, बर्नाडो सिल्भा, बेभिन डि ब्रुएना, रोड्री, नाथन एके, रुवेन डियास र गोलरक्षक एडर्सन मोराएस रहेका छन् ।

यता, लिभरपुल पनि घरेलु टोली सिटीलाई हराएर अंक तालिका सुधार गर्ने योजनामा हुनेछ । लिभरपुल ४२ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

टोलीसँग मोहम्मद सलाहसँगै कोडी गाक्पो, डार्विन नुनेज, जोर्डन हेन्डरसन, फाविन्हो, हार्भे एलिओट, एन्ड्रिउ रोबर्टसन, भर्जिल भान डाइक, ट्रेन्ट एलेक्सान्डर आर्नाेल्ड र गोलरक्षक एलिसन बेकर रहेका छन् । लुइस डियाजे पनि खेल्ने सम्भावना छ ।

यि दुई टोलीबीचको पछिल्लो ३६ खेलमा लिभरपुल १५ खेलमा विजयी भएको छ । सिटीले ९ खेल जित्दा १२ खेल बराबरीमा सकिएको छ । पछिल्लोपटक इएफएल कपमा सिटी ३–२ ले वजयी हुँदा त्यसभन्दा अघि लिभरपुलले प्रिमियर लिगा १–० को जित निकालेको थियो ।

अन्य खेल
बर्नमाउथविरुद्ध फुलहम (राति ७ः४५ बजे)
आर्सनलविरुद्ध लिड्स (राति ७ः४५ बजे)
ब्राइटनविरुद्ध ब्रेन्टफर्ड (राति ७ः४५ बजे)
क्रिस्टल प्यालेसविरुद्ध लेस्टर सिटी (राति ७ः४५ बजे)
नटिङहम फरेस्टविरुद्ध वल्भ्स (राति ७ः४५ बजे)
चेल्सीविरुद्ध एस्टन भिल्ला (राति १०ः१५ बजे)

February 7, 2025

आहा राराको पूर्व विजेता संकटा भारतीय क्लबसँग खेल्दै

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दुई पटकको च्याम्पियन संकटा क्लबले यसपटक प्रि क्वाटरफाइनलबाट आफ्नो यात्रा सुरु गर्दैछ। पोखरा रंगशाला जारी आहा राराको २४ औं‌ संस्करणको अन्तिम प्रि क्वाटरफाइनलमा आज संकटाले भारत सिक्किमको थन्डरबोल्ट युनाइटेडको सामना गर्नेछ। पछिल्लो ४ वर्षमा दुईपटक च्याम्पियन बनेको संकटा आहामा सर्वाधिक सफल टोली मध्ये चौथोमा पर्दछ। नेपाल […]

February 7, 2025

लिभरपुल लिग कपको फाइनलमा

एजेन्सी – लिभरपुल लिग कपको फाइनलमा प्रवेश गरेको छ । टोटनहमलाई बिहीवार सेमिफाइनलको दोस्रो लेगको ४- ० ले हराएपछि समग्रमा ४-१ को अग्रतासहित लिभरपुल उपाधि नजिक पुगेको हो। सेमिफाइनलको पहिलो लेगमा टोटेनहम १-० ले विजयी भएको थियो। घरेलुु मैदान एनफिल्डमा लिभरपुलका लागि कोडी गाक्पो, मोहमद सलाह, डोमिनिक सबुसलाय र भर्जिल भान डाइकले गोल गरे । गोक्पोले […]

February 7, 2025

बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा, टोरेसको ह्याट्रिक

एजेन्सी – बार्सिलोना कोपा डेल रेको सेमिफाइनल पुगेको छ । भ्यालेन्सियालाई बिहीवार भएको क्वाटरफाइनलमा ५-० ले हराउँदै बार्सिलोना अन्तिम चारमा पुगेको हो । बार्सिलोनाको जितमा फेरान टोरेसले ह्याट्रिक गरे । फर्मिन लोपेज र लमिन यमालले समान १ गोल गरे । टोरेसले ३० मिनेट भित्र नै ह्याट्रिक पूरा गरे भने बार्सिलोनाले पहिलो हाफमा नै ४-० को […]

Success

Thank you for your time.