default_image

2 years ago

April 1, 2023

लिभरपुलमाथि सिटीको सानदार पूनरागमन जित

257 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लिभरपुलमाथि सानदार पूनरागमन जित दर्ता गर्दै उपाधि जित्ने सम्भावना जीवितै राखेको छ ।

सिटीले घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्ट्याएर लिभरपुलमाथि ४–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो ।

सिटीको पूनरागमन जितमा जुलियन अल्भारेज, केभिन डि ब्रुएना, इल्केए गुन्डोगान र ज्याक ग्रेलिसले गोल गरे । लिभरपुलका मोहम्मद सलाहको गोल सान्त्वना बन्यो ।

इतिहाद स्टेडियममा शनिबार साँझ भएको खेलको १७औं मिनेटमा सलाहको गोलबाट घरेलु टोली सिटी खेलमा पछि परेको थियो । उनले डिएगो जोटाको पासमा गोल गर्न सफल भएका थिए ।

तर, त्यो अग्रतालाई लामो समय जोगाउन सकेन । एक गोलले पछि परेको सिटी २७औं मिनेटमा जुलियन अल्भारेजको गोलबाट खेलमा फर्कियो । उनले ज्याक ग्रेलिसको पासमा गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए ।

दोस्रो हाफ सिटीकै पक्षमा रह्यो । ४६औं मिनेटमा केभिन डि ब्रुएनाले रियाद महारेजको पासमा गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए । ५३औं मिनेटमा गुन्डोगानको गोलबाट सिटी ३–१ ले अघि बढ्यो । त्यसपछि ७४औं मिनेटमा ब्रुएनाको पासमा ज्याक ग्रेलिसले गोल गर्दै सिटीलाई ४–१ को सानदार पूनरागमन जित दिलाए ।

यस जितसँगै सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक दुरी ५ मा छोट्याएको छ । सिटीको २८ खेलबाट ६४ अंक पुगेको छ । समान खेलबाटै आर्सनलको ६९ अंक छ । पराजित लिभरपुल ४२ अंक जोडेर छैटौं स्थानमा छ ।

February 13, 2025

थ्री स्टारलाई उज्वेक ब्ल्याक बुल्सको चुनौती

पोखरा (हाम्रो खेलकुद)- सिजनको पहिलो नकआउट खेल्ने क्रममा पोखरा आएको थ्री स्टार क्लबले विजयी सुरुवात गरेको थियो। त्यो जितले थ्री स्टार २४ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको थियो। बलियो मानिएको मच्छिन्द्र फुटबल क्लबलाई पेनाल्टीमा ४-२ ले हराउँदै अघि बढेको थ्री स्टारले त्यो भन्दा बलियो चुनौतीको सामना सम्भवतः आजको खेलमा गर्नुपर्ने हुनसक्छ। जहाँ ५ […]

February 13, 2025

बायर्नको जितमा केनको गोल

एजेन्सी – बायर्न म्युनिखले च्याम्पियन्सिप लिग प्ले अफको पहिलो लेग जितेको छ। बायर्नले बुधवार स्कटल्याण्डको सेल्टिकलाई २-१ ले हरायो । बायर्नलाई जिताउन माइकल ओलिस र हेरी केनले गोल गरे । सेल्टिकका डेजेन मेडाले गोल फर्काए । बायर्नका ओलिसले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै अग्रता दिलाए । दोस्रो हाफको चौथो मिनेटमा केनले गोल गर्दै बार्यनको […]

February 13, 2025

रोमाञ्चक खेलमा लिभरपुल रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगकि शीर्ष टोली लिभरपुल बराबरीमा राकिएको छ । लिभरपुललाई बुधवार एभर्टन २-२ को बराबरीमा रोकेको हो । इन्ज्युरी समयको आठौं मिनेटमा बराबरी गोल गर्दैै एभर्टनले १ अंक खोस्यो। घरेलु मैदानमा एभर्टनका लागि जेम्स टार्कोव्स्की र बेटोले गोल गरे । लिभरपुलका लागि एलेक्स म्याक एलिसेल्टर र मोहम्मद सलाहले गोल गरे । खेलमा […]

Success

Thank you for your time.