default_image

2 years ago

April 1, 2023

जेसस चम्कँदा आर्सनलको सानदार जित

295 views

0 Bookmark

एजेन्सी – ब्राजिली फरवार्ड गाब्रिएल जेससको उच्च प्रदर्शनमा इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनलले सानदार जित हात पारेको छ ।

आर्सनलले घरेलु मैदानमा लिड्स युनाइटेडमाथि ४–१ को सानदार जित दर्ता गरेको हो । आर्सनलको जितमा जेससले दुई गोल गर्दा बेन ह्वाइट र ग्रानिट झाँकाले समान एक गोल गरे । लिड्सका रसमुस क्रिस्टेन्सेनले एक गोल फर्काए ।

इमिरेट्स स्टेडियम लन्डनमा आइतबार राति भएको एक पक्षीय खेलमा घरेलु टोली आर्सनलले खेलको ३५औं मिनेटमा जेससको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । पेनाल्टी बक्समा लुक एलिङले फउल गरेपछि प्राप्त पेनाल्टीमा जेसस आँफैले गोल गर्न सफल भए ।

४७औं मिनेटमा बेन ह्वाइटले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । उनले गाब्रिएल मार्टिनेलीको पासलाई सदुपयोग गरे । ५५औं मिनेटमा जेससले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै आर्सनललाई सहज जिततर्फ अग्रसर गराए । उनले लियान्द्रो ट्रोससार्डको पासमा गोल गर्न सफल भए ।

७६औं मिनेटमा रसमुसले गोल गर्दै खेललाई ३–१ ले स्थितिमा ल्याए । त्यसपछि ८४औं मिनेटमा ग्रानिट झाँकाले मार्टिन ओडेगार्डको पासमा गोल गदै आर्सनललाई सानदार जित दिलाए ।

यस जितसँगै शीर्षस्थानमा रहेको आर्सनलले ८ अंककै अग्रता कायम राख्न सफल भएको छ । आर्सनलको २९ खेलबाट ७२ अंक पुगेको छ । एक खेल कम खेलेको सिटीको ६४ अंक छ । पराजित लिड्स २६ अंक जोडेर १६औं स्थानमा छ ।

अन्य नतिजा
म्यानचेस्टर सिटीविरुद्ध लिभरपुल (–१)
बर्नमाउथविरुद्ध फुलहम (–१)
ब्राइटनविरुद्ध ब्रेन्टफर्ड (३–३)
क्रिस्टल प्यालेसविरुद्ध लेस्टर सिटी (–१)
नटिङहम फरेस्टविरुद्ध वल्भ्स (१–१)

February 9, 2025

५ पटकको विजेता थ्री स्टार र मच्छिन्द्र खेल्दै

पोखरा (हाम्रो खेलकुद)- २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा आज सहिद स्मारक ए डिभिजन लिगका दुई टोली थ्री स्टार क्लबले र मच्छिन्द्र एफसीबिच प्रतिस्पर्धा हुँदैछ। पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।५ पटकको आहा रारा विजेता थ्री स्टारले यसपटक सिधै क्वाटरफाइनलमा प्रवेश पाएको थियो। मच्छिन्द्रले भने पहिलो खेलमा पूर्व विजेता […]

February 9, 2025

सिटीको पुनरागमन जित, चेल्सी पराजित

एजेन्सी- एफए कपमा म्यानचेस्टर सिटीले पुनरागमन जित निकाल्दा अर्को खेलमा चेल्सी पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। केभिन डि ब्रुएनाको निर्णायक गोलमा सिटीले लेटन ओरिएन्टलाई २-१ ले हरायो। सिटीका अब्दुकोदिर खुसानोभ बराबरी गोल गरेका हुन्। खेलको १६औं मिनेटमा स्टेफन ओर्टेगाको आत्मघाती गोलवाट लेटनले अग्रता लियो । ५६औं मिनेटमा खुसानोभले सिटीका लागि बराबरी गोल फर्काए । डि […]

February 9, 2025

एमबाप्पेको गोलमा रियल हारबाट जोगियो

एजेन्सी – किलियन एमबाप्पेको गोलमा रियल मड्रिड स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । रियलले शनिवार सिटी डर्बीमा एट्लेटिको मड्रिडसँग १-१ को बराबरी खेल्यो । घरेलु मैदानमा भएको खेलमा रियलका लागि एमबाप्पे तथा एट्लेटिकोको लागि जुलियन अल्भारेजले गोल गरे । खेलमा अग्रता एट्लेटिकोले लियो । ३५औं मिनेटमा पेनाल्टीमार्फत अल्भारेजले एट्लेटिकोको लागि गोल गरे । एमबाप्पेले […]

Success

Thank you for your time.