2 years ago
April 3, 2023
एजेन्सी – फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिग वानमा अर्काे हार बेहोरेको छ । पिएसजी घरेलु मैदानमै लियोनसँग १–० ले पराजित भएको हो ।
पिएसजीलाई हार चखाउन दोस्रो हाफमा ब्राडले बारकोलाले गरेको गोल नै निर्णायक बन्यो । उनले ५६औं मिनेटमा साइल कुमबेडीको पासमा गोल गर्न सफल भएका थिए । त्यसअघि ३९औं मिनेटमा एलेहान्द्रे लाकाजेट पेनाल्टीमा चुक्दा लियोन अग्रता लिनबाटै चुकेको थियो ।
पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलमा घरेलु टोली पिएसजीले बल पोसेसन राख्दै पाहुना टोलीमाथि दवाव बढाएपनि फिनिसिङमा चुक्दा लिग वानमा लगातार दोस्रो हार बेहोर्न पुग्यो । पिएसजी यसअघि रेनेससँग २–० ले पराजित भएको थियो ।
यस जितसँगै लियोन २९ खेलबाट ४४ अंक जोडेर नवां स्थानमा उक्लिदा पराजित पिएसजीले शीर्ष स्थानमा आफ्नो अग्रता बढाउनबाट चुकेको छ । शीर्षस्थानमा रहेको पिएसजीको २९ खेलबाट ६६ अंक रहँदा दोस्रो स्थानको लेन्सभन्दा ६ अंकले अघि छ ।
February 13, 2025
पोखरा (हाम्रो खेलकुद)- सिजनको पहिलो नकआउट खेल्ने क्रममा पोखरा आएको थ्री स्टार क्लबले विजयी सुरुवात गरेको थियो। त्यो जितले थ्री स्टार २४ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको थियो। बलियो मानिएको मच्छिन्द्र फुटबल क्लबलाई पेनाल्टीमा ४-२ ले हराउँदै अघि बढेको थ्री स्टारले त्यो भन्दा बलियो चुनौतीको सामना सम्भवतः आजको खेलमा गर्नुपर्ने हुनसक्छ। जहाँ ५ […]
February 13, 2025
एजेन्सी – बायर्न म्युनिखले च्याम्पियन्सिप लिग प्ले अफको पहिलो लेग जितेको छ। बायर्नले बुधवार स्कटल्याण्डको सेल्टिकलाई २-१ ले हरायो । बायर्नलाई जिताउन माइकल ओलिस र हेरी केनले गोल गरे । सेल्टिकका डेजेन मेडाले गोल फर्काए । बायर्नका ओलिसले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै अग्रता दिलाए । दोस्रो हाफको चौथो मिनेटमा केनले गोल गर्दै बार्यनको […]
February 13, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगकि शीर्ष टोली लिभरपुल बराबरीमा राकिएको छ । लिभरपुललाई बुधवार एभर्टन २-२ को बराबरीमा रोकेको हो । इन्ज्युरी समयको आठौं मिनेटमा बराबरी गोल गर्दैै एभर्टनले १ अंक खोस्यो। घरेलु मैदानमा एभर्टनका लागि जेम्स टार्कोव्स्की र बेटोले गोल गरे । लिभरपुलका लागि एलेक्स म्याक एलिसेल्टर र मोहम्मद सलाहले गोल गरे । खेलमा […]