default_image

2 years ago

April 5, 2023

भिएतनामविरुद्ध नेपालको सुरुवाती ११ यस्तो

452 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पेरिस ओलम्पिक २०२४ अन्तर्गत पहिलो चरणको छनोटमा भिएतनामको सामना गर्दैछ । खेल दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ ।

प्रशिक्षक अनन्तराज थापाले अग्रपंक्तिमा मुख्य फरवार्ड सावित्रा भण्डारीसँगै अमिषा कार्की र रश्मिकुमारी घिसिङलाई अवसर दिएका छन् । उनीहरुलाई दिपा शाही, अनिता केसी र सरु लिम्बुले साथ दिनेछन् ।

यस्तै डिफेन्समा अमृता जैशी र समिक्षा घिमिरेको जोडी मध्यभागमा हुनेछ । विमला विक र हिराकुमारी भुजेलले विंगब्याकमा खेल्नेछन् । गोलरक्षकमा कप्तान एन्जिला तुम्बापो सुब्बा नियमित छिन् ।

अनन्त थापाले बेन्चमा अन्जना राना मगर र उषा नाथलाई राखेका छन् । डिफेन्डर सिर्जना चेम्जोङ डेब्युको प्रतीक्षामा रहँदा पुजा राना र निशा थोकर पनि बेन्चमा छन् । अनुभवी मिडफिल्डरद्वय रेनुका नगरकोटे र अनिता बस्नेतसँगै विमला चौधरी र सविता रानामगर वैकल्पिक खेलाडीको रुपमा छन् । फरवार्डको विकल्पमा रेखा पौडेल र निर्मला विक छन् ।

February 13, 2025

बायर्नको जितमा केनको गोल

एजेन्सी – बायर्न म्युनिखले च्याम्पियन्सिप लिग प्ले अफको पहिलो लेग जितेको छ। बायर्नले बुधवार स्कटल्याण्डको सेल्टिकलाई २-१ ले हरायो । बायर्नलाई जिताउन माइकल ओलिस र हेरी केनले गोल गरे । सेल्टिकका डेजेन मेडाले गोल फर्काए । बायर्नका ओलिसले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै अग्रता दिलाए । दोस्रो हाफको चौथो मिनेटमा केनले गोल गर्दै बार्यनको […]

February 13, 2025

रोमाञ्चक खेलमा लिभरपुल रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगकि शीर्ष टोली लिभरपुल बराबरीमा राकिएको छ । लिभरपुललाई बुधवार एभर्टन २-२ को बराबरीमा रोकेको हो । इन्ज्युरी समयको आठौं मिनेटमा बराबरी गोल गर्दैै एभर्टनले १ अंक खोस्यो। घरेलु मैदानमा एभर्टनका लागि जेम्स टार्कोव्स्की र बेटोले गोल गरे । लिभरपुलका लागि एलेक्स म्याक एलिसेल्टर र मोहम्मद सलाहले गोल गरे । खेलमा […]

February 12, 2025

आयोजक नेपाल एपिएफ ‘ए’ क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- आयोजक कीर्तिपुरको नेपाल एपिएफ स्कुल ‘ए’दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता क्वाटरफाइनलमा पुगेको छ। अन्तिम प्रि क्वाटरफाइनलमा बुधवार ललितपुरको जेम्स स्कुललाई ५-० ले हराउँदै एपिएफ ‘ए’ अन्तिम आठमा पुगेको हो। आयोजक टोलीलाई जित दिलाउन विकास बोहोरा र पवन गुरुङले समान २ तथा तेन्जिङ शेर्पाले एक गोल गरे। प्लेयर […]

Success

Thank you for your time.