2 years ago
April 6, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपालको पुरुष फुटबल टोलीको फिफा वरियतामा सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले बिहीबार जारी गरेको नयाँ वरियतामा नेपाल १ सय ७४ औं स्थानमा रहेको छ । यसअघिको वरियतामा नेपाल १ सय ७५ औं स्थानमा रहेको थियो ।
यसबीचमा फिफा डेटमा भएको प्रधानमन्त्री थ्री नेसन्स कपमा नेपाल लाओसलाई २–१ ले हराउँदै च्याम्पियन बनेको थियो । यद्दपी दशरथ रंगशालामा चैत १७ गते भएको त्यो फाइनल भने फिफा डेटमा थिएन । त्यसबाहेक प्रतियोगिताका अन्य खेल भने फिफा डेटमा थिए । जसमा नेपालले चैत ८ गते भएको पहिलो खेलमा लाओसलाई २–० ले हराएको थियो भने चैत १४ गतेको अर्को खेलमा भुटानसँग १–१ को बराबरी खेलेको थियो ।
फिफा वरियता अनुसार नेपाल दक्षिण एसियाली राष्ट्र मध्ये भने तेस्रो स्थानमा स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको भारत फिफा वरियताको १ सय १ स्थानमा छ । दक्षिण एसियाको दोस्रो स्थानका रहेको माल्दिभ्स फिफा वरियतामा १ सय ५४ औं स्थानमा, भुटान १ सय ८५ औं, बंगलादेश १ सय ९२ औं, पाकिस्तान १ सय ९५ औं र श्रीलंका २ सय सातौं स्थानमा छ ।
विश्व कप विजेता अर्जेन्टिना दोस्रो स्थानबाट शीर्षस्थानमा उक्लेको छ । विश्व कपको उपविजेता फ्रान्स फिफा वरियताको दोस्रो, ब्राजिल तेस्रो, बेल्जियम चौथो र इङ्ल्यान्ड पाँचौं स्थानमा छ । त्यस्तै नेदरल्यान्ड्स छैटौं, क्रोएसिया सातौं, इटाली आठौं, पोर्चुगल नवौं र स्पेन दसौं स्थानमा छ ।
February 13, 2025
पोखरा (हाम्रो खेलकुद)- सिजनको पहिलो नकआउट खेल्ने क्रममा पोखरा आएको थ्री स्टार क्लबले विजयी सुरुवात गरेको थियो। त्यो जितले थ्री स्टार २४ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको थियो। बलियो मानिएको मच्छिन्द्र फुटबल क्लबलाई पेनाल्टीमा ४-२ ले हराउँदै अघि बढेको थ्री स्टारले त्यो भन्दा बलियो चुनौतीको सामना सम्भवतः आजको खेलमा गर्नुपर्ने हुनसक्छ। जहाँ ५ […]
February 13, 2025
एजेन्सी – बायर्न म्युनिखले च्याम्पियन्सिप लिग प्ले अफको पहिलो लेग जितेको छ। बायर्नले बुधवार स्कटल्याण्डको सेल्टिकलाई २-१ ले हरायो । बायर्नलाई जिताउन माइकल ओलिस र हेरी केनले गोल गरे । सेल्टिकका डेजेन मेडाले गोल फर्काए । बायर्नका ओलिसले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै अग्रता दिलाए । दोस्रो हाफको चौथो मिनेटमा केनले गोल गर्दै बार्यनको […]
February 13, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगकि शीर्ष टोली लिभरपुल बराबरीमा राकिएको छ । लिभरपुललाई बुधवार एभर्टन २-२ को बराबरीमा रोकेको हो । इन्ज्युरी समयको आठौं मिनेटमा बराबरी गोल गर्दैै एभर्टनले १ अंक खोस्यो। घरेलु मैदानमा एभर्टनका लागि जेम्स टार्कोव्स्की र बेटोले गोल गरे । लिभरपुलका लागि एलेक्स म्याक एलिसेल्टर र मोहम्मद सलाहले गोल गरे । खेलमा […]