2 years ago
April 7, 2023
एजेन्सी – ब्राजिललाई टाइब्रेकरमा पराजित गर्दै इंग्ल्यान्ड पहिलो महिला फाइनालिसिमाको च्याम्पियन बनेको छ । इंग्ल्यान्डले नाटकीय बनेको टाइब्रेकरमा ब्राजिललाई ४–२ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।
निर्धारित समयमा १–१ गोलको बराबरीपछि खेल टाइब्रेकरमा लम्बिएको थियो । जसमा इंग्ल्यान्डले बाजी मारेको हो । टाइब्रेकरमा इंग्ल्यान्डकी इंग्ल्यान्डकी जर्जिया स्टानवे, रचेल डाली, एलेक्स ग्रिनवुड र केलीले गोल गरिन् । टोनीले गोल गर्न सकिनन् ।
ब्राजिलकी एड्रिना र केरोलिनले मात्रै गोल गर्न सफल भइन् । तामिरेसको प्रहारलाई इंग्ल्यान्डकी गोलरक्षकले बचाउँदा राफाइलको प्रहार क्रस बारमा लाग्दै बाहिरियो ।
त्यसअघि वेम्वली स्टेडियममा बिहीबार राति भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको २३औं मिनेटमा इला टोनको गोलबाट घरेलु टोली इंग्ल्यान्डले सुरुवाती अग्रता लिन सफल भएको थियो ।
तर, त्यो अग्रतालाई इंग्ल्यान्डले अन्तिम समयमा जोगाउन सकेन । ९०औं मिनेटमा परिवर्तित खेलाडी आन्द्रेसा अल्भेसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् ।
यस नतिजासँगै इंग्ल्यान्डले आफ्नो अपराजित यात्रालाई ३० खेलसम्म लम्ब्याउन सफल भएको छ । जसमा २५ जित र ५ बराबरीमा नतिजा छ ।
गत वर्षदेखि युरो च्याम्पियनसिप र दक्षिण अमेरिकाको कोपा अमेरिका च्याम्पियनबीच फाइनालिसिमा खेलाउने निर्णय गरेको थियो । गत वर्ष नै पुरुषतर्फ अर्जेन्टिनाले इटालीलाई हराएर उपाधि जितेको थियो ।
February 15, 2025
पोखरा(हाम्रो खेलकुद)- २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा आज पोखरा रंगशालामा ६ पटकको च्याम्पियन नेपाल पुलिस फुटबल क्लबको सामना उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले गर्देछ। पुलिस पोखरामा सर्वाधिक ७ पटक च्याम्पियन बन्ने दाउमा रहेको छ। यसको लागि उसले उज्वेकिस्तानको ब्ल्याक बुल्सको कडा चुनौती पार गर्नुपर्नेछ। बुल्सको आहा रारामा पहिलो सहभागीता हो। तर उसले […]
February 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका फरवार्ड अन्जन विष्ट नेपाल सुपर लिगको फ्रेन्चाइज फुटबल क्लब चितवनको मार्की खेलाडीमा सार्वजनिक भएका छन् । गत सिजन झापा फुटबल क्लबको मार्की रहेका अन्जनलाई यसपटक चितवनले अनुबन्ध गरेको छ । चितवनले यसअघि प्रशिक्षकमा नविन न्यौपानेलाई अनुबन्ध गरेको थियो । अन्जन राष्ट्रिय टोलीमा सर्वाधिक गोलकर्ताको सूचीमा संयुक्त […]
February 14, 2025
पोखरा (हाम्रो खेलकुद) – २४औं आहा! रारा पोखरा गोल्डकपको उपाधिका लागि भोलि ६ पटकको विजेता नेपाल पुलिस फुटबल क्लबले पहिले पटक नेपाल आएको उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीको साममा गर्दैछ । पुलिस सर्वाधिक सात पटक च्याम्पियन बन्दै नयाँ इतिहास बनाउने दाउमा रहेको छ। आहा! रारा गोल्डकपमा अहिलेसम्म पुलिस र मनाङ मर्स्याङ्दी क्लबले समान ६/६ पटक जितेका […]