3 years ago
April 9, 2023
एजेन्सी – म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ । सिटीले रेलिगेसन जोनको पुछारमा रहेको साउथह्याम्टनमाथि ४–१ को सहज जित आत्मसात गरेको हो ।

सिटीको जितमा एर्लिङ ब्राउट हालान्डले दुई तथा ज्याक ग्रेलिस र जुलियन अल्भारेजले समान एक गोल गरे । घरेलु टोलीका सेकोउ माराले एक गोल फर्काए ।
सेन्ट मेरिज स्टेडियम साउथह्याम्टनमा शनिबार राति भएको खेलको सुरुवातदेखि नै घरेलु टोलीलाई दवावमा राखेको सिटीले पहिलो गोलको लागि पहिलो हाफको अन्तिम समय नै कुर्नुपरेको थियो ।
४५औं मिनेटमा हालान्डले केभिन डि ब्रुएनाको पासमा गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । ५८औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।
६८औं मिनेटमा हालान्डले ग्रेलिसको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि सिटी सहज जिततर्फ अग्रसर बन्यो । ७२औं मिनेटमा सेकोउ माराले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए । त्यसपछि ७५औं मिनेटमा अल्भारेजले पेनाल्टीमा गोल गर्दै सिटीको सहज जित पक्का गराए ।
यस जितसँगै दोस्रो स्थानमा रहेको सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक दुरी ६ मा छोट्याएको छ । सिटीको २९ खेलबाट ६७ अंक पुगेको छ । समान खेलबाटै आर्सनलको ७२ अंक छ । पराजित साउथह्याम्टन २३ अंक जोडेर पुछारमा छ ।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]