3 years ago
April 10, 2023
कैलाली (हाम्रो खेलकुद) – रेसिङ सहारा क्लबले श्रम स्वीकृति विनाका तीन जना विदेशी खेलाडी खेलाउन बल प्रयोग गरेपछि आयोजकले उक्त क्लबलाई कारबाही गरेपछि कैलालीको स्टार सिटी क्लब तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार खेल सुचारु हुनु पूर्व रेसिङ सहाराको टिमले तीन जना विदेशी खेलाडी समावेश गरेर टोली तयार पारेको थियो । आयोजकले श्रम स्वीकृति माग्दा तीनै जनाको कागजात उपलब्ध गराउन सकेन ।
क्लबको नियमावली विपरीत हुन जाने भन्दै श्रम स्वीकृति विनाका विदेशी खेलाडी नखेलाएर स्वदेशी खेलाडी मात्र खेलाउन आयोजकले माग गरेपछि उल्टै गालीगलौज गरेर बल प्रयोग गर्न खोजेपछि उक्त क्लबलाई कारबाही गरिएको आयोजकले जनाएको छ ।
खेल बहिस्कार गरी मैदान छोडेर जाने टिमलाई ५० हजार जरिवानासहित कारबाही गरिने क्लबको नियमावली अनुसार रेसिङ सहाराको टिमलाई कारबाही गरिएको आयोजक गौरीगंगा–११ स्पोर्ट्स क्लबका अध्यक्ष दिनेश कलेलले बताए ।
‘हामीले खेल सुचारु हुनु पूर्व कागजात माग गरेको थियौँ,’ उनले भने, ‘तर उहाँहरू (कोहलपुर रेसिङ सहारा क्लब) को टिमले कागजात नचाहिने भन्दै जबरजस्ती गर्न खोजेपछि टिम डिस्क्वालीफाइ भएको छ । आगामी संस्करणहरूमा खेल्न नपाउने गरी उक्त क्लबलाई ५० हजार जरिवाना पनि गरिएको छ ।’
यसअघि क्वाटर फाइनलमा एपीएफसँगको खेलमा उक्त क्लबले स्वदेशी खेलाडी मात्र समावेश गरेर सहभागिता जनाएको थियो । ‘जगशक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप’ अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा मङ्गलवार बर्दियाको नव युवा मैत्री भाव एकता समाज क्लब र नवलपरासीको फोर ब्रदर्श एफसी प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल स्टार सिटी र मङ्गलवारको विजेता टोलीबिच ३० गते बिहीबार हुने छ ।
गौरीगङ्गा–११ स्पोर्टस् क्लबले आयोजना गरेको प्रतियोगिता चैत ३० गते समापन हुने छ । १० टोलीले सहभागिता जनाएको प्रतियोगिताको विजेतालाई ट्रफी सहित नगद ४ लाख र उपविजेता लाई ट्रफी सहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रूपमा ट्रफी सहित नगद १० हजार पुरस्कार दिइने क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]