2 years ago
April 10, 2023
कैलाली (हाम्रो खेलकुद) – रेसिङ सहारा क्लबले श्रम स्वीकृति विनाका तीन जना विदेशी खेलाडी खेलाउन बल प्रयोग गरेपछि आयोजकले उक्त क्लबलाई कारबाही गरेपछि कैलालीको स्टार सिटी क्लब तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
सोमबार खेल सुचारु हुनु पूर्व रेसिङ सहाराको टिमले तीन जना विदेशी खेलाडी समावेश गरेर टोली तयार पारेको थियो । आयोजकले श्रम स्वीकृति माग्दा तीनै जनाको कागजात उपलब्ध गराउन सकेन ।
क्लबको नियमावली विपरीत हुन जाने भन्दै श्रम स्वीकृति विनाका विदेशी खेलाडी नखेलाएर स्वदेशी खेलाडी मात्र खेलाउन आयोजकले माग गरेपछि उल्टै गालीगलौज गरेर बल प्रयोग गर्न खोजेपछि उक्त क्लबलाई कारबाही गरिएको आयोजकले जनाएको छ ।
खेल बहिस्कार गरी मैदान छोडेर जाने टिमलाई ५० हजार जरिवानासहित कारबाही गरिने क्लबको नियमावली अनुसार रेसिङ सहाराको टिमलाई कारबाही गरिएको आयोजक गौरीगंगा–११ स्पोर्ट्स क्लबका अध्यक्ष दिनेश कलेलले बताए ।
‘हामीले खेल सुचारु हुनु पूर्व कागजात माग गरेको थियौँ,’ उनले भने, ‘तर उहाँहरू (कोहलपुर रेसिङ सहारा क्लब) को टिमले कागजात नचाहिने भन्दै जबरजस्ती गर्न खोजेपछि टिम डिस्क्वालीफाइ भएको छ । आगामी संस्करणहरूमा खेल्न नपाउने गरी उक्त क्लबलाई ५० हजार जरिवाना पनि गरिएको छ ।’
यसअघि क्वाटर फाइनलमा एपीएफसँगको खेलमा उक्त क्लबले स्वदेशी खेलाडी मात्र समावेश गरेर सहभागिता जनाएको थियो । ‘जगशक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप’ अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा मङ्गलवार बर्दियाको नव युवा मैत्री भाव एकता समाज क्लब र नवलपरासीको फोर ब्रदर्श एफसी प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल स्टार सिटी र मङ्गलवारको विजेता टोलीबिच ३० गते बिहीबार हुने छ ।
गौरीगङ्गा–११ स्पोर्टस् क्लबले आयोजना गरेको प्रतियोगिता चैत ३० गते समापन हुने छ । १० टोलीले सहभागिता जनाएको प्रतियोगिताको विजेतालाई ट्रफी सहित नगद ४ लाख र उपविजेता लाई ट्रफी सहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रूपमा ट्रफी सहित नगद १० हजार पुरस्कार दिइने क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए ।
February 15, 2025
पोखरा(हाम्रो खेलकुद)- २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा आज पोखरा रंगशालामा ६ पटकको च्याम्पियन नेपाल पुलिस फुटबल क्लबको सामना उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले गर्देछ। पुलिस पोखरामा सर्वाधिक ७ पटक च्याम्पियन बन्ने दाउमा रहेको छ। यसको लागि उसले उज्वेकिस्तानको ब्ल्याक बुल्सको कडा चुनौती पार गर्नुपर्नेछ। बुल्सको आहा रारामा पहिलो सहभागीता हो। तर उसले […]
February 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका फरवार्ड अन्जन विष्ट नेपाल सुपर लिगको फ्रेन्चाइज फुटबल क्लब चितवनको मार्की खेलाडीमा सार्वजनिक भएका छन् । गत सिजन झापा फुटबल क्लबको मार्की रहेका अन्जनलाई यसपटक चितवनले अनुबन्ध गरेको छ । चितवनले यसअघि प्रशिक्षकमा नविन न्यौपानेलाई अनुबन्ध गरेको थियो । अन्जन राष्ट्रिय टोलीमा सर्वाधिक गोलकर्ताको सूचीमा संयुक्त […]
February 14, 2025
पोखरा (हाम्रो खेलकुद) – २४औं आहा! रारा पोखरा गोल्डकपको उपाधिका लागि भोलि ६ पटकको विजेता नेपाल पुलिस फुटबल क्लबले पहिले पटक नेपाल आएको उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीको साममा गर्दैछ । पुलिस सर्वाधिक सात पटक च्याम्पियन बन्दै नयाँ इतिहास बनाउने दाउमा रहेको छ। आहा! रारा गोल्डकपमा अहिलेसम्म पुलिस र मनाङ मर्स्याङ्दी क्लबले समान ६/६ पटक जितेका […]