default_image

2 years ago

April 12, 2023

बायर्नमाथि सिटीको सहज जित

174 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बायर्न म्युनिखमाथि सहज जित हात पारेको छ ।

सिटीले घरेलु मैदानमा जर्मन प्रतिद्धन्द्धीमाथि ३–० को सहज जित हात पारेको हो । सिटीको जितमा रोड्री, बर्नाडो सिल्भा र एर्लिङ ब्राउट हालान्डले गोल गरे ।

इतिहाद स्टेडियम म्यानचेस्टरमा मंगलबार राति भएको खेलको २७औं मिनेटमा रोड्रीको गोलबाट सिटीले सुरुवाती अग्रता लिन सफल भएको थियो । उनले सिल्भाको पासमा गोल गर्न सफल भएका थिए ।

७०औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । सिल्भाले यसपटक हालान्डको पासमा गोल गर्न सफल भएका थिए । ७६औं मिनेटमा हालान्डले गोल गर्दै सिटीको जित पक्का गराए । उनले जोन स्टोनको पासलाई सदुपयोग गरे ।

यस जितसँगै सिटीले च्याम्पियन्स लिगका सेमिफाइनलमा पुग्ने सम्भावना बनाएको छ । दोस्रो लेगमा यही नतिजा कायम राख्न सके सिटी सेमिफाइनलमा पुग्नेछ । बायर्नलाई सेमिफाइनलमा पुग्न दोस्रो लेगमा कम्तीमा ४–० को जित आवश्यक छ । दोस्रो लेग बायर्नको मैदानमा १९ अप्रिलमा हुनेछ ।

February 15, 2025

आहा राराको फाइनल आज -पुलिस र बुल्स भिड्दै

पोखरा(हाम्रो खेलकुद)- २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा आज पोखरा रंगशालामा ६ पटकको च्याम्पियन नेपाल पुलिस फुटबल क्लबको सामना उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले गर्देछ। पुलिस पोखरामा सर्वाधिक ७ पटक च्याम्पियन बन्ने दाउमा रहेको छ। यसको लागि उसले उज्वेकिस्तानको ब्ल्याक बुल्सको कडा चुनौती पार गर्नुपर्नेछ। बुल्सको आहा रारामा पहिलो सहभागीता हो। तर उसले […]

February 14, 2025

एनएसएलमा अन्जन चितवनको मार्की

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका फरवार्ड अन्जन विष्ट नेपाल सुपर लिगको फ्रेन्चाइज फुटबल क्लब चितवनको मार्की खेलाडीमा सार्वजनिक भएका छन् । गत सिजन झापा फुटबल क्लबको मार्की रहेका अन्जनलाई यसपटक चितवनले अनुबन्ध गरेको छ । चितवनले यसअघि प्रशिक्षकमा नविन न्यौपानेलाई अनुबन्ध गरेको थियो । अन्जन राष्ट्रिय टोलीमा सर्वाधिक गोलकर्ताको सूचीमा संयुक्त […]

February 14, 2025

सातौं पटक च्याम्पियन बन्न पुलिसले उज्वेकिस्तानको बुल्ससँग खेल्ने

पोखरा (हाम्रो खेलकुद) – २४औं आहा! रारा पोखरा गोल्डकपको उपाधिका लागि भोलि ६ पटकको विजेता नेपाल पुलिस फुटबल क्लबले पहिले पटक नेपाल आएको उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीको साममा गर्दैछ । पुलिस सर्वाधिक सात पटक च्याम्पियन बन्दै नयाँ इतिहास बनाउने दाउमा रहेको छ। आहा! रारा गोल्डकपमा अहिलेसम्म पुलिस र मनाङ मर्स्याङ्दी क्लबले समान ६/६ पटक जितेका […]

Success

Thank you for your time.