2 years ago
April 19, 2023
काठमाडौं (हाम्रो खेलकुद)– रेड पान्डा एफसी मुगुमा जारी हेमराज भाम स्मृती कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
भामवाडा फुटबल क्लबको आयोजनामा जारी प्रतियोगितामा बुधबार रारा लेक साइड क्लबलाई १–० ले हराउँदै रेड पान्डा उपाधि नजिक पुगेको हो । विशाल मल्लको गोलमा रेड पान्डा विजयी भएको थियो । खेलको २४ औं मिनेटमा विशालले झण्डै ३० यार्डबाट फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै टोलीलाई जित दिलाएका थिए ।
अर्को सेमिफाइनल बिहीबार जुम्ला एफसी र ए वान एफसीबीच हुनेछ । फाइनल शनिबार हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । मुगुमा पहिलो पटक फुटबल प्रतियोगिता आयोजना भइरहेको भामवाडा फुटबल क्लबका सल्लाहकार राजेन्द्र मल्लले जानकारी दिए ।
स्वर्गिय हेमराज भामको सम्झनामा प्रतियोगिता आयोजना गरिएको बताइएको छ । चैत २९ गते सुरु भएको प्रतियोगिता मुगु,जुम्ला, सुर्खेत, कास्की, चितवन र काठमाडौंका खेलाडीले सहभागी २८ टोलीबाट खेलिरहेका छन् । भामवाडा फुटबल क्ल्बका तत्कालीन कप्तान हेमराजको गत बर्ष पुस २८ गते निधन भएको थियो ।
मुगु जिल्लाको एक सफल खेलाडी गुमाउनुपरेकोले उनको सम्झनामा फुटबल प्रतियोगिताको आयोजना गरेको क्लबका का अध्यक्ष गणेश सेजुवालले बताए ।
February 12, 2025
एजेन्सी – चेल्सीकी स्टार स्ट्राइकर साम केरलाई बेवकुफ र सेतो भनेपछि जातीय रूपमा उत्प्रेरित दुर्व्यवहारको आरोपबाट अदालतले निर्दोष ठहर गरेको छ। किङ्स्टन क्राउन अदालतको ज्यूरीले ३० जनवरी २०२३ मा दक्षिण-पश्चिम लन्डनको ट्विकेनहममा भएको घटनासँग सम्बन्धित मुद्दामा केरलाई सफाइ दिएको हो। ३१ वर्षीया केरले आफूलाई प्रहरीले उक्साएको बताएकी छन्। उनलाई एक ट्याक्सी चालकले विवादपछि प्रहरी कार्यालयमा […]
February 12, 2025
एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जेर्मन(पिएसजी), जर्मन क्लब बुरुसिया डर्टमुन्ड र इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिगको प्लेअफको पहिलो लेग खेलमा बुधवार जित हात पारेका छन् । पिएसजीले अर्को फ्रान्सेली क्लब ब्रेस्टलाई ३-० ले पराजित गर्यो । ब्रेस्टको घरेलु मैदानमा भएको खेलमा पिएसजीको जितमा ओस्मान डेम्बेलेले २ र भिटिन्हाले १ गोल गरे । भिटिन्हाले २१औं […]
February 12, 2025
एजेन्सी – स्पेनिस क्लब रियल मड्रिडले इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीमाथि च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा रोमाञ्चक जित निकालेको छ । रियलले बुधवार सिटीमाथि ३-२ को जित निकालेको हो । दुई पटक खेलमा पछि परेर पनि रियल नतिजा उल्टाउन सफल भयो। सिटीको मैदानमा भएको खेलमा रियलको जितमा किलियन एमबाप्पे, ब्राहिम डियाज र जुड बेलिंघमले समान गोल […]