2 years ago
May 15, 2023
एजेन्सी – क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ । क्याटलान प्रतिद्धन्द्धी स्पान्योललाई ४–२ ले पराजित गर्दै बार्सिलोना चार खेल बाँकी छँदै चार सिजनपछि ला लिगाको च्याम्पियन बनेको हो ।
लियोनेल मेस्सीले अगस्ट २०२१ मा क्लब छोडेपछि बार्सिलोनाको यो पहिलो ला लिगा उपाधि हो र जाभी हर्नान्डेज नोभेम्बर २०२१ मा प्रशिक्षक बनेपछि बार्सिलोनाले पहिलो पल्ट ला लिगाको उपाधि जितेको हो । यस्तै बार्सिलोनासँगको हारसँगै स्पान्योल चार सिजनपछि रेलिगेसनमा जाने खतरामा छ ।
आरसिडिई स्टेडियममा आइतबार राति भएको खेलमा बार्सिलोनाको जितमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले दुई तथा एलेक्स बाल्डे र जुल्स कुन्डेले समान एक गोल गरे । घरेलु टोली स्पान्योलका जेभिएर पुएडो र जोसेलुले गोल फर्काए ।
खेलको ११औ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए । उनले एलेक्स बाल्डेको पासमा गोल गर्न सफल भएका थिए । २०औं मिनेटमा बाल्डेले पेड्रीको पासमा गोल गर्दै अग्रता दोब्बर पारे ।
४०औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि बार्सिलोना पहिलो हाफमा ३–० ले अघि बढ्यो । उनले राफिन्हाको पासमा गोल गर्न सफल भएका थिए ।
५३औं मिनेटमा जुल्स कुन्डेले फ्रान्की डि जोङको पासमा गोल गरेपछि बार्सिलोना खेलमा ४–० ले अघि बढ्यो । त्यसपछि बार्सिलोनाले दुई गोल बेहोरेपनि नतिजा बदलिएन ।
७३औं मिनेटमा जेभिएर पुएडोले गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा जोसेलुले गोल गर्दै खेललाई ४–२ को स्थितिमा ल्याएपनि टोलीको हार टरेन ।
यस जितसँगै बार्सिलोनाले ३४ खेलबाट ८५ अंक पुगेको छ । बार्सिलोनाले दोस्रो स्थानको रियल म्याड्रिडलाई १४ अंकले पछि पारेको छ ।
अब बार्सिलोनाले सबै चार खेलमा हार र रियलले सबै चार खेलमा जित निकालेपनि नतिजा बदलिने छैन । पराजित स्पान्योल ३४ खेलबाट ३१ अंक जोडेर १९औं स्थानमा छ ।
१६ अक्टोबरमा रियल म्याड्रिडसँग ३–१ ले पराजित भएपनि बार्सिलोना ला लिगामा ३ अंकले पछि परेको थियो । त्यसबेला बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाट पनि बाहिरिएको थियो ।
तर बार्सिलोनामा १७ वर्षको करियरमा ८ ला लिगा उपाधि जितेका पुर्व मिडफिल्डर तथा हालका प्रशिक्षक जाभीले आफ्नो पहिलो पूर्ण सिजनमा टोलीलाई च्याम्पियन बनाउन सफल भए ।
कप्तान सर्जियो बुस्केट्सका लागि यो विशेष दिन बन्यो । उनले यो सिजनको अन्त्यसँगै क्लब छाड्ने बताइसकेका छन् । उनले बार्सिलोनामा १८ सिजन बिताएका छन् ।
३४ वर्षीय बुस्केट्सको यो बार्सिलोनाबाट नवौं ला लिगा उपाधि हो । बाल्डे र कुन्डेले बार्सिलोनाबाट ला लिगामा पहिलो गोल गर्न सफल भए ।
January 22, 2025
काठमाडौं( हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत लिगको अन्तिम खेलमा एपिएफ फुटबल क्लबले त्रिभुवन आर्मी फुटबल क्लबलाई २-१ ले हराएको छ। एपिएफ लगातार आठौं जित निकाल्न सफल रहयो। जारी लिगमा आर्मी एपिएफसँग हारेको यो तेस्रो पटक हो। सातदोबाटो स्थित एन्फा खेल मैदानमा भएको खेलमा पहिले अग्रता एपिएफले बनायो। २३ औं मिनेटमा प्रीती राईको […]
January 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा महिला लिग अन्तर्गत प्लेअफ चरणको खेलहरुको समय पुन: परिवर्तन गरेको छ । यसअघि एन्फाले अन्तिम चरणको खेल तालिका सार्वजनिक गर्दा प्लेअफ चरणका सम्पूर्ण खेलहरु दशरथ रंगशालामा गर्ने सार्वजनिक गरेको थियो । प्लेअफका सबै खेल दिउँसो २ बजे गर्ने एन्फाले तोकेको थियो । तर दशरथ […]
January 22, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिग टोली लिभरपुल युरोपियन च्याम्पियन्स लिगमा अपराजित रहँदै अन्तिम १६ मा पुगेको छ । लिभरपुलले मंगलवार फ्रेन्च टोली लिललाई २-१ ले हरायो । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुललाई जिताउन मोहम्मद सलाह र हार्भे एलिओटले समान एक गोल गरे । लिलका जोनाथन डेविडले एक गोल फर्काएका हुन् । लिभरपुलले खेलको ३४औं […]