default_image

2 years ago

June 19, 2023

अमेरिका कोन्काफ नेसन्स लिग च्याम्पियन

186 views

0 Bookmark

एजेन्सी – अमेरिका लगातार दोस्रोपटक कोन्काफ नेसन्स लिग ए च्याम्पियनसिपको च्याम्पियन बनेको छ । सोमबार बिहान भएको फाइनलमा क्यानडालाई २–० ले पराजित गर्दै अमेरिका कोन्काफ नेसन्स लिगमा लगातार दोस्रोपटक च्याम्पियन बन्न सफल भएको हो ।

लास भेगास नेभाडामा भएको खेलमा घरेलु टोलीलाई च्याम्पियन बनाउन क्रिस रिचार्ड्स र फोलारिन बालोगनले गोल गरे । दुवै गोलमा जियोभानी रेनाले असिस्ट प्रदान गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

खेलको १२औं मिनेटमा क्रिस रिचार्ड्सले गोल गर्दै अमेरिकालाई १–० को अग्रता दिलाए । उनले जियोभानी रेनाको पासमा गोल गर्न सफल भएका थिए ।

३४औं मिनेटमा फोलारिन बालोगनले गोल गर्दै अमेरिकाको अग्रता दोब्बर पारे । उनले जियोभानी रेनाकै पासमा गोल गर्न सफल भए । पहिलो हाफमै २–० ले पछि परेको क्यानडाले बल पोसेसन राख्दै घरेलु टोलीलाई दवाव बढाएपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो ।

सन् २०१९–२० मा अमेरिकामै भएको फाइनलमा पनि मेक्सिकोलाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै उपाधि जित्न सफल भएको थियो । पानमालाई १–० ले पराजित गर्दै मेक्सिको तेस्रो भएको छ ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.