default_image

7 years ago

January 9, 2017

फिफा बर्ष खेलाडीको उपाधि क्रिस्टियानो रोनाल्डोलाई

जुरिच (एजेन्सी) – पोर्चुगल र रियल मड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले यो बर्षको फिफा बर्ष खेलाडि अवार्ड जितेको छन् । रोनाल्डोले फिफा बर्ष खेलाडिको अवार्ड जितेको यो चौथो पटक हो।  फिफा ब्यालन डो’रमा फ्रान्स फुटबलले हात निकालेपछि फिफाले ‘द बेष्ट’ नामाकरण गरेर नयाँ उपाधिको थालनी गरेको पहिलो पल्टमै रोनाल्डोले सफलता हात परेका छन।    यसपटक अवार्ड जित्ने क्रममा […]

26 views

0 Bookmark

जुरिच (एजेन्सी) – पोर्चुगल र रियल मड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले यो बर्षको फिफा बर्ष खेलाडि अवार्ड जितेको छन् । रोनाल्डोले फिफा बर्ष खेलाडिको अवार्ड जितेको यो चौथो पटक हो।  फिफा ब्यालन डो’रमा फ्रान्स फुटबलले हात निकालेपछि फिफाले ‘द बेष्ट’ नामाकरण गरेर नयाँ उपाधिको थालनी गरेको पहिलो पल्टमै रोनाल्डोले सफलता हात परेका छन।   

cr7

यसपटक अवार्ड जित्ने क्रममा रोनाल्डोले मेस्सी र एट्लेटिको मड्रिडका एन्टोनी ग्रिजम्यानलाई पछि पारेका थिए । रियलले गत बर्ष च्याम्पियन लिग उपाधि जित्दा रोनाल्डोले विजयी पेनाल्टी गोल गरेका थिए । म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड रोनाल्डोको नेतृत्वमा गत बर्ष पोर्चुगलले पहिलो पटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो ।

फ्रान्स फुटबल र फिफाले सन् २०१०देखि संयुक्त रुपमा दिदैं आएको फिफा ब्यालन डो’रमा फ्रान्स फुटबलले हात निकालेपछि फिफाले ‘द बेष्ट’ नामाकरण गरेर नयाँ उपाधिको थालनी गरेको हो।

फिफाले निम्नानुसारको विधाहरुमा उपाधि वितरण गरेको थियो:

‘द बेष्ट’ पुरुष खेलाडी: क्रिस्टियानो रोनाल्डो
‘द बेष्ट’ महिला खेलाडी: कार्ली लोयड
‘द बेष्ट’ पुरुष प्रशिक्षक: क्लाउडियो रेनेरी (लेस्टर सिटी फूटबल क्लब)
‘द बेष्ट’ महिला प्रशिक्षक: सिल्भिया नेइड (जर्मनी)
फिफा फेअर प्ले अवार्ड: क्लब एट्लेटिको नेसनल (उरुग्वे)
फिफा पुस्कास अवार्ड: मोहम्मद फायाज सुब्री (मलेसिया)
फिफा फ्यान अवार्ड: लिभरपुल र् बोरुसिया डर्ट्मुन्ड
फिफा विश्व ११: नेउर; पिके, रामोस, मार्र्सेलो, अल्भेस; मोद्रिच, ईनिएस्टा, क्रुज; मेस्सी, रोनाल्डो, सुअारेज

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.