2 years ago
July 2, 2023
काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२६ को पहिलो चरणका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक नामावली घोषणा भएको छ । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले डेब्यु गर्न बाँकी रहेका १२ खेलाडी समेट्दै ३० सदस्यीय टोली घोषणा गरेका हुन् ।

ए डिभिजन लिगमा गरेको प्रदर्शनको आधारमा प्रशिक्षक अनेसेले टोलीमा खेलाडी छनोट गरेका हुन् । ४ खेलाडी पहिलो पटक प्रारम्भिक टोलीमा पर्दा यसअघि अनेसेको रणनीतिक प्रशिक्षणमा सहभागी भएका ६ खेलाडी टोलीमा पुन: आएका छन् । विगतमा टोलीमा परेर डेब्यु गर्न नपाएका दुई खेलाडीले पुनरागमन गर्दा राष्ट्रिय टोलीको जर्सी लगाइसकेका मिडफिल्डर सुदीप गुरुङ टोलीमा फर्केका छन् ।
डिफेन्डरद्वय अन्जन राई र छिरिङ लामा तथा मिडफिल्डरद्वय उत्सव राइ र विवेक पौडेल पहिलो पटक राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा परेका हुन् । गोलरक्षक अनिष देउला, मिडफिल्डर विशाल तामाङ, डिफेन्डरद्वय अन्जल महर्जन र आशिष गुरुङ तथा फरवार्डद्वय दिनेश हेन्जन र जिलेस्पी जंग कार्की यसअघि प्रशिक्षक अनेसेको रणनीतिक प्रशिक्षणमा भने सहभागी थिए । गोलरक्षक अभिषेक बराल र कृतिश रत्न छुन्जु भने राष्ट्रिय टोलीमा रहेपनि डेब्यु गर्न बाँकी रहेको छ ।
साफ खेलेको टोलीबाट गोलरक्षक विशाल श्रेष्ठ, डिफेन्डर निशान खड्का, मिडफिल्डरत्रय पुजन उपरकोटी, नविन लामा र मणि लामा तथा फरवार्ड दिपक राज सिंह ठकुरी यसपटक टोलीमा समावेश भएका छैनन् । विशालले राष्ट्रिय टोली करिअरबाट बिदा लिने चर्चा चल्दा अन्य खेलाडी भने अष्ट्रेलिया प्रस्थान गर्ने सम्भावना छ । मिडफिल्डर सुदीप गुरुङले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।

नेपालले अक्टोबरमा फिफा विश्वकप २०२६ छनोटको पहिलो चरणको खेलमा प्रतिस्पर्धा गर्दैछ । दुई लेगमा हुने उक्त प्लेअफ चरण पार गरेपछि मात्र दोस्रो चरणमा नेपाल छनोट हुनेछ ।
३० सदस्यीय प्रारम्भिक टोली :
गोलरक्षक : किरण चेम्जोङ, अनिष देउला, अभिषेक बराल, दिप कार्की
डिफेन्डर : विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, आशिष गुरुङ, रोहित चन्द, सिमान्त थापा, अन्जल महर्जन, छिरिङ लामा, अन्जन राई
मिडफिल्डर : एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, विशाल तामाङ, विवेक पौडेल, क्रितिश रत्न छुन्जु
फरवार्ड : आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]