2 years ago
July 18, 2023
एजेन्सी – पोर्चुगिज फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो खेलका कारण मात्र होइन अभिव्यक्तिका कारण पनि चर्चामा रहने गर्दछन् । उनले मेजर लिग सकर (एमएलएस) टोली इन्टर मायामीको कार्यक्रमलाई खल्लो बनाइदिने गरि बयान दिएका छन् ।

इन्टर मायामीले अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सीलाई महत्वका साथ सार्वजनिक गरेको भोली पल्ट रोनाल्डोले एमएलएसको स्तरमाथि प्रश्न गरेका छन् । साथै उनले आफू साउदी प्रो लिगलाई विश्वको उत्कृष्ट प्रतिस्पर्धा बनाउनमा प्रतिबद्ध रहेको बताएका छन् ।
साउदी क्लबहरुले अहिले विश्व स्तरीय खेलाडीहरुलाई क्लबमा अनुबन्ध गर्न आकर्षित गरिरहेका छन् । रोनाल्डो जनवरीमा मध्य पूर्व एसियाको क्लब अल नासर आबद्ध भएका थिए । बालोन डि ओर विजेता करिम बेन्जेमा जुनमा अल इत्तिहादमा आबद्ध भए ।
रोनाल्डोका पोर्चुगिज सहकर्मी रुवेन नेभिस बार्सिलोना छाडेर अल हिलालमा आबद्ध भएका छन् । एनगोलो कान्टे पनि बेन्जेमासँग अल इत्तिहालमा जोडिएका छन् । लिभरपुलका मिडफिल्डरद्वय फाबियानो र जोर्डन हेन्डरसन पनि साउदी जाने सम्भावना रहेको छ ।
युरोपमा उच्च प्रदर्शन गर्दै आएका तर उमेर ढल्दै गरेका खेलाडीलाई साउदी क्लबहरुले प्राथमिकतामा राखेका छन् । रोनाल्डोको आगमनसँगै साउदीको लिगमा अन्य खेलाडीको पनि चासो भने बढेको छ । यसबीचमा प्रि सिजनमा रहेका अल नासर सेल्टा भिगोको बी टोलीसँग ५–० ले पराजित भएको छ । त्यसले साउदीको स्तरमा पनि प्रश्न भने खडा गरेको छ ।
मेस्सीलाई पनि अनुबन्ध गर्न सकेको भए फुटबललाई अर्को स्तरमा लान सकिने विश्वास साउदी अधिकारीहरुको रहेको थियो । तर साउदी अरेबियाको टुरिजम एम्बेसडर बन्न तयार भएपनि मेसीले व्यवसायिक फुटबलका लागि भने अमेरिका रोजे । अल हिलालको प्रस्तावलाई छाडेर ३६ वर्षे अर्जेन्टिनी कप्तान इन्टर मायामीमा गए । मेस्सीले शुक्रबार लिग्स कपमा क्रुज अजुलविरुद्ध खेल्दै इन्टर मायमीबाट डेब्यू गर्ने सम्भावना छ ।
विवादित बयान दिने क्रममा रोनाल्डोले भनेका छन्, साउदी लिग एमएलएस भन्दा साउदी लिग उत्कृष्ट छ । म शतप्रतिशत पक्का छु युरोपियन क्लब फर्कने छ्रन । मैले साउदीका लागि बाटो खोले अहिले धेरै खेलाडी आइरहेका छन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]