default_image

4 months ago

August 1, 2023

इन्टरले पिएसजीलाई हरायो

एजेन्सी – इटालियन क्लब इन्टर मिलानले प्रि सिजनको मैत्रीपूर्ण खेलमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गरेको छ । खेलमा सुरुवाती अग्रता लिएपनि पिएसजीले अन्तिम समयमा लगातार दुई गोल खाँदा हार बेहोरेको हो । अर्जेन्टिनी सुपरस्टार लिओनेल मेस्सीको प्रस्थानपछि पिएसजीले मैत्रीपूर्ण खेलमा लगातार तेस्रो खेलमा जित हासिल गर्न सकेन । युवा फरवार्ड किलीयन […]

308 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब इन्टर मिलानले प्रि सिजनको मैत्रीपूर्ण खेलमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गरेको छ ।

खेलमा सुरुवाती अग्रता लिएपनि पिएसजीले अन्तिम समयमा लगातार दुई गोल खाँदा हार बेहोरेको हो । अर्जेन्टिनी सुपरस्टार लिओनेल मेस्सीको प्रस्थानपछि पिएसजीले मैत्रीपूर्ण खेलमा लगातार तेस्रो खेलमा जित हासिल गर्न सकेन ।

युवा फरवार्ड किलीयन एमबाप्पेलाई फ्रान्समै छोडेर जापान भ्रमणमा आएको पिएसजीले यस टुरमा कुनै खेल जित्न सकेको छैन । अल नासरसँग गोलरहित बराबरी खेल्दै सुरु भएको टुरको दोस्रो खेलमा पिएसजी सेरेजो ओसाकासँग पराजित भएको थियो ।

मंगलबारको खेलमा भिटीन्हाले ६३ औं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । तर सबास्टियन एस्पोजिटोले ८१ औं मिनेटमा बराबरी गोल फर्काए । त्यसको २ मिनेटपछि नै स्टेफानो सेन्सीले मिलानलाई अघि बढाएका थिए ।

ब्राजिलियन फरवार्ड नेयमार पूरा समय बेन्चमा रहेको खेलमा पिएसजीका लागि मार्को एसेन्सियो, कार्लोस सोलर र भिटीन्हाले आक्रमण सम्हालेका थिए । डिफेन्समा यसै सिजन आएका लुकास हर्नान्डेज र मिलान स्क्रिनियारसँग अक्रफ हाकिमी र मार्किन्हसले सुरुवात गरेका थिए । गोलरक्षकमा जियानलुइजी डोनारुम्मा नै थिए ।

पिएसजीले अब एसियाली टुरको अन्तिम खेलमा अगस्ट ३ तारिखमा जिओनबुकसँग खेल्नेछ । त्यसपछि क्लबले अगस्ट १३ मा फ्रान्सेली लिगको पहिलो खेलमा लोरिएन्टको सामना गर्नेछ ।

इन्टर मिलानले भने अल नासरसँग १-१ को बराबरी खेलेपछि पिएसजीलाई हराएको हो । अब प्रि सिजनको अन्तिम खेलमा इन्टरले अगस्ट ९ मा आरबी साल्जबर्गको सामना गर्नेछ । लिगको पहिलो खेलमा इन्टरले अगस्ट २० तारिखमा मोन्जासँग प्रतिस्पर्धा गर्नेछ ।

December 6, 2023

मेस्सी टाइम एथलिट अफ द इयर २०२३

एजेन्सी – लियोनल मेस्सी टाइम एथलिट अफ द इयर २०२३ घोषित भएका छन् । मेस्सीले टाइमले एथलिट अफ द इयर घोषित हुने पहिलो पुरुष फुटबल खेलाडी बनेर इतिहास समेत रचेका छन् । मेस्सीको कप्तानीमा अर्जेन्टिनाले डिसेम्बर २०२२ मा कतारमा तेस्रो पटक फिफा विश्वकप जितेको ३ सय ५२ दिनपछि यो पुरस्कार घोषणा गरिएको हो । फ्रान्सविरुद्धको […]

December 6, 2023

‘सी’ डिभिजन लिग फागुन १५ बाट हुने !

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिग फागुन १५ गतेबाट सुरु गर्ने अखिल नेपाल फुटबल क्लब (एन्फा) र सी डिभिजन क्लबबीच सहमति भएको छ । १४ मध्ये १३ क्लबका प्रतिनिधि र एन्फा महासचिव किरण राईको नेतृत्वमा बुधबार भएको संयुक्त छलफलबाट फागुन १५ गतेबाट सी लिग गर्ने सहमति भएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिएका […]

December 6, 2023

आर्सनलको नाटकीय जितमा राइस नायक

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राती भएको खेलमा पहिलो स्थानमा रहेको आर्सनलले नाटकीय जित दर्ता गरेको छ । अन्तिम समयमा गोल गर्दै आर्सनलले रोमाञ्चक खेलमा लुटन टाउनमाथि ४-३ को जित हासिल गरेको हो । आर्सनल जितमा डेक्लन राइस नायक भने । उनले इन्जुरी समयको सातौं मिनेटमा गोल गर्दै आर्सनलको जित पक्का गरे । […]

Success

Thank you for your time.