default_image

9 years ago

January 19, 2017

आहा रारा गोल्डकपमा आज दुई नौलो टोली भिड्दै

120 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा बिहीबार विल्कुल अपरिचित दुई टोलीबीच भिडन्त हुँदैछ । जहाँ पहिलो चरणको तेस्रो खेलमा झापा ११ र अमेरिकामा रहेका नेपाली खेलाडी सम्मिलित एनएनए युएसए टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

ana-usa

झापा त्यो टोली हो जो पछिल्ला दुई बर्षमा राष्ट्रिय फुटबलमा स्थापित हुने क्रममा छ । २०७२ मा राष्ट्रिय लिगमा चौथो भएको झापाले त्यसयता थ्रुपै घरेलु प्रतियोगितामा सफलता प्राप्त गरिसकेको छ । त्यसमा पनि विशेषगरि पूर्वेली फुटबलमा झापा स्थापित भइसकेको छ ।

यता राष्ट्रिय टोलीका पूर्व खेलाडी प्रलय राजभण्डारीको कप्तानीमा एएनए युएसए पहिलो पटक पोखरा आइपुगेको छ । यद्दपी प्रलयका लागि भने आहा रारा गोल्डकप पहिलो होइन । रुस्लान थ्री स्टारले २०६९ मा ११ औं संस्करणको आहा रारा गोल्डकप जित्दा प्रलय पनि खेलेका थिए । एनआरटी, थ्री स्टारबाट व्यवसायिक लिग खेलेका प्रलय पछिल्लो एक दशकदेखि अमेरिका बस्दै आएका छन् । प्रलयले सन् २००५ मा पाकिस्तानमा भएको साफ च्याम्पियनसिपमा ‘डेब्यू’ गरेको थियो ।

अमेरिकाका विभिन्न राज्यमा भएका नेपालीहरुबीच छनोट गराउँदै एनएनएले पोखरा आउने टोली तयार पारेको थियो । प्रलयले जित्ने लक्ष्यका साथ पोखरा आएको बुधबार पत्रकार सम्मेलनमा बताइसकेका छन् । एएनए का अध्यक्ष मेदीनी अधिकारीले आफुहरु खेल जित्नको लागि भन्दा पनि मनका भावना साट्न आएको बताएका थिए । उनले भनेका ‘विश्वमा ४० लाखको हाराहारीमा नेपाली विदेशमा छन् तर उनीहरुको मन संधै नेपालमा नै हुन्छ । आखिर जहाँ भए पनि यो मन त नेपाली हो ।’

jhapa-11

झापा पूर्वका दुई उपाधि जितेर पोखरा आइपुगेको छ । पुस अन्त्यतिर केही दिनको फरकमा काँकरभिट्टा गोल्डकप र फाल्गुनन्द गोल्डकप जितेको झापा आहा रारा गोल्डकपमा गत बर्ष सेमिफाइनल सम्म पुगेको थियो । झापाको यो तेस्रो सहभागिता हो । दुई बर्षअघि पहिलो सहभागिता थ्री स्टारसँग २–० ले पहिलो खेलमै पराजित भएर घर फर्केको झापाले गत बर्ष पहिलो खेलमा पुलिसलाई २–०, क्वार्टरफाइनलमा गाजिरकार्ट स्र्पोर्टिङ क्लबलाई ४–१ ले हराउँदै सेमिफाइनल पुगेको थियो ।

झापा सेमिफाइनलमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ््दीसँग ४–० ले पराजित भएको थियो । फाइनलमा आर्मीलाई हराउँदै मनाङ च्याम्पियन बनेको थियो । यसपटक माघ ९ मा मनाङले धरान फुटबल क्लबसँग खेल्दै उपाधि रक्षाको यात्रा सुरु गर्नेछ । धरानले बुधबार एपिएफलाई १–० ले हराएर मनाङसँगको भेट पक्का गरेको थियो ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.