9 years ago
January 19, 2017
पोखरा (हाम्रो खेलकुद)– आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो दिन बिहीबार पहिलो हाफमा रमपम झापा ११ ले २–० को अग्रता लिएको छ । पहिलो पटक पोखरा आएको एएनए युएसएले सोचे अनुरुपको प्रदर्शन गर्न सकेन भने झापा विस्तारै लयमा देखियो ।

अघिल्लो महिना काँकरभिट्टा गोल्डकप र फाल्गुनन्द गोल्ड कप नकआउट प्रतियोगिता उपाधि जितेर पोखरा आइपुगेको झापाका लागि दुवै गोल कर्ण सुब्बाले गरेका थिए ।
६ मिनेटको फरकमा कर्णले दुई गोल गरेका थिए । उनले २५ औं मिनेटमा पहिलो र रजिन धिमालको पासमा दोस्रो गोल गरेका हुन् । त्यसअघि रञ्जित श्रेष्ठले गोल गर्ने मौका चुकाएका थिए । १५ औं मिनेटमा रञ्जितले वान भर्सेस वानमा प्रहार गरेको बललाई एएनए युएसएबाट खेलिरहेको गोलकिपर एलन न्यौपानेले रोकेका थिए । कर्णले इन्जुरी समयमा ह्याट्रिक गर्ने मौका चुकाएका थिए । उनको प्रहार सेकेन्डबार नजिकबाट बाहिरिएको थियो ।
यो खेलको विजेताले त्रिभुवन आर्मी क्लबसँग माघ १० क्वार्टरफाइनल खेल्नेछ ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]